८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसैको विरोध नभइ खुशीयाली साटासाट गर्न गणतन्त्र उत्सवः महासचिव पोखरेल

१५ जेष्ठ २०८२, बुधबार १७:४९

काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सचिवालय बैठकको निर्णयअनुसार गणतन्त्र दिवसलाई आमजनताको सहभागितासहित उत्सवका रूपमा मनाइने बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज प्रेस चौतारी नेपालले ‘गणतन्त्र उत्सवको तयारीका सम्बन्ध’मा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गणतन्त्र दिवसका अवसरमा हुने बजेट प्रस्तुतिले विशेष प्राथमिकता पाउँदा गणतन्त्र दिवसजस्तो ऐतिहासिक पर्वतर्फ ध्यान पुग्न नसकेको महसुस गरी एमालेले भव्यताका साथ दिवस मनाउने निर्णय गरेको स्पष्ट गर्नुभयो ।

महासचिव पोखरेलले राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरी हरेक वर्ष जेठ १५ गतेको सट्टा अर्काे कुनै दिन बजेट प्रस्तुत गर्न उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो । उहाँले जेठ १५ गते गणतन्त्र स्थापना भएको दिनलाई उत्सव, खुशी र गौरवका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिँदै विभिन्न बाजागाजा, झाँकीसहित हर्षाेल्लास र रचनात्मक कार्यक्रम आयोजना गरी यसवर्ष गणतन्त्र दिवस मनाइने उल्लेख गर्नुभयो ।

उहाँले ऐतिहासिक संविधानसभाको निर्णयसहितको फैसला स्वीकार गरेका पूर्वराजा ज्ञानेन्द्र संविधानको विपक्ष र लोकतन्त्रको विरोधमा देखिनु आपत्ति एवं खेदजनक विषय भएको टिप्पणी गर्दै यसकिसिमका संविधानविरोधी गतिविधिमा सरिक नभइ सम्मानित नागरिकका रूपमा रहन सुझाव दिनुभयो ।

महासचिव पोखरेलले लोकतान्त्रिक शासन व्यवस्था विरोधी तत्वहरू सल्बलाइरहेको विद्यमान अवस्थामा गणतन्त्र स्थापनाका पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीका हैसियतले विभिन्न कार्यक्रमसहित उत्सवमय वातावरणमा मनाउन लागिएको गणतन्त्र दिवसमा सहभागी हुन सबै राजनीतिक पार्टी, पेसा–व्यवसायी, नागरिक समाजसहित आमजनतासँग अनुरोध गर्नुभयो ।

एमाले महासचिव पोखरेलले देशमा राजनीतिक व्यवस्था परिवर्तन गर्ने काम सम्पन्न भइसकेकाले विकास र समृद्धिको दिशातर्फ सबैको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । एमाले सचिवालय बैठकले पार्टी नेताहरूको कार्यविभाजनसहित आमजनताको सहभागितामा भव्य एवं उल्लासमय वातावरणमा भोलि गणतन्त्र दिवस मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त भित्रियो मनसुन: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना प्रतिनिधिसभाको बैठक बस्दै सुनचाँदी बजारः सुन बढ्यो, चाँदी घट्यो नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको : विष्णु रिजाल बस्तीलाई भू–स्खलनबाट जोगाउन महिला सक्रिय चितवनमा भएको दुर्घटनामा मृत्यु हुनेमा एकै घरका ३ सदस्य,जसमा १ गर्भवती महिला सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु प्रतिनिधिसभा: १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी प्रतिनिधिसभमा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते गाजा युद्धले बाल स्वास्थ्यमा गम्भीर असर : युएन ‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’: प्रदेश मन्त्री राय नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीहरू संसदप्रति जिम्मेवार नभएको भन्दै आपत्ति इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ, थप गिरफ्तारीको आशंका सभापति देउवाद्वारा दुःख व्यक्त