2026-09-14 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र स्थापना भएर १८औँ वर्षमा प्रवेश गरेको अवसरमा गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै छ । उत्सव मनाउन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट एमालेका नेता, कार्यकर्ता र्‍यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भइरहेका छन् ।
विभिन्न स्थानबाट आ-आफ्नो भेषभूषा, सांस्कृतिक झाँकी, र्‍यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा भेला भई बृहत् र्‍याली रत्नपार्कमा पुगेर सम्बोधन गरेपछि उत्सव समापन हुने एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
“गणतन्त्र उत्सवको र्‍याली प्रारम्भ भइरहेको छ, गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो दिवसलाई पटक उत्सवका रूपमा मनाउन लागिएको हो”, विभागका प्रमुख राजेन्द्र गौतमले भन्नुभयो, “११ बजेदेखि सबैतिरबाट सुरु भएको र्‍याली केहीबेरमा भृकुटीमण्डपमा भेला हुन्छौँ, रत्नपार्कस्थित शान्तिबाटिकामा पुगेर गणतन्त्र दिवसको सम्बोधन हुनेछ ।”
एमालेले गणतन्त्रका पक्ष शक्तिलाई पनि गणतन्त्र उत्सवमा सहभागी हुन आग्रह गरेको छ । गणतन्त्र उत्सवको र्‍यालीमा गणतन्त्रको पक्षमा नारा लगाउँदै नेता, कार्यकर्ता सहभागी भइरहेका गौतमले जानकारी दिनुभयो ।
‘गणतन्त्र जिन्दवाद’, ‘गणतन्त्रको रक्षा गरौँ, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र जिन्दवाद’लगायत नारा लगाउँदै विभिन्न सांस्कृतिक प्रस्तुतिसहित र्‍याली भइरहेको विभागका प्रमुख गौतमले जानकारी दिनुभयो । गणतन्त्र उत्सवमा एमालेका नेता तथा गणतन्त्र पक्षधर सबै भेला हुने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ