८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणतन्त्रको नेतृत्व जुवाडेजस्तो भयो,जुन दुनियाँसँग गफ गर्दै, हेप्दै, मनपरी बोल्दै हिँडिरहेका छन्: घनश्याम भूसाल

१६ जेष्ठ २०८२, बिहीबार १५:४७

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले गणतन्त्रको नेतृत्व जुवाडेजस्तो भएको टिप्पणी गरेका छन्। पार्टीको पोखरा महानगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भूसालले गणतन्त्रका नेतृत्वलाई जुवाडेको समूहको संज्ञा दिएका हुन्।

‘आज गणतन्त्रको, खासगरी नेतृत्वका तहमा हेर्नुहुन्छ भने यी जुवाडेजस्ता भए, गणतन्त्रको नेतृत्व वास्तवमा जुवाडेहरूको एउटा समूदायजस्तो भयो,’ उनले भने, ‘आज एउटाले जित्यो, चौका.. छक्का हान्यो.., उसले दुनियाँसँग गफ गर्दै, दुनियाँलाई हेप्दै, मनपरी बोल्दै हिँडेको छ।’

गणतन्त्रको जुवामा हार्ने चाहिँ रूँदै, कराउँदै हिँडेको भन्दै भूसालले टिप्पणी गरे। ‘बलिन्द्रधारा आँसु चुहाउँदै मलाई सत्ताबाट निकाले, सत्तामा जान दिएनन भन्दै त्यही सत्ताका लागि रूँदैछ,’ उनले भने।

सत्ताबाट हटेकोले गणतन्त्रको संस्थागत विकासका लागि जिम्मेवारी महसुस नगरेको उनको भनाइ छ। ‘सत्तामा पुगेको त यस्तो दम्भी र घमण्डी भएको छ कि, यो राजनीतिक नेतृत्वको कुरा गर्ने हो भने हारेका र जितेका जुवाडेहरूको यस्तो समूहजस्तो भएको छ,’ उनले भने।

हिजो गणतन्त्र आउँदा जसरी रम्ने, प्रफुल्ल हुने अवस्था थियो, त्यो अवस्था आज नभएकाले यसलाई गम्भीर समीक्षा गर्नुपर्ने उनले बताए। ‘फेरि हामीमाथि अर्को जिम्मेवारी छ। गणतन्त्रको यो व्यवस्थामा, खासगरी राजनीतिक पार्टीका हिसाबले, नेतृत्वका हिसाबले कहाँ चुक्यौं। हामीले एउटा बाटो पत्ता लगाउनुपर्नेछ। त्यो बाटोमा हिँडेर आजको यो उकुसमुकुसलाई चिर्नुपर्नेछ। मुलुकलाई साँच्चिकै गणतान्त्रिक, हाम्रो संविधानमा लेखेका ती अधिकार साँच्चिकै कार्यान्वयन गर्न सक्यौं भने आगामी १०–२० वर्षमा अझ राम्रो मुलुक बनाउन सक्छौं,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘निर्वाचन प्रणाली बदल्नुपर्छ’ इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग : माओवादी केन्द्र कसैले संसद् अवरोध गर्नु हुँदैन, सहमतिबाटै समस्याको हल गर्न सकिन्छ : उपभापति गुरुङ भरतपुर महानगरको बजेट सार्वजनिक : ५ अर्ब ४६ करोड बजेट इरानमाथि अमेरिकी आक्रमणप्रति अन्तराष्ट्रिय समुदायको प्रतिक्रिया, कूटनीतिक समाधानका लागि आग्रह मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने ‘संसद्मा नीतिगत भन्दा प्राविधिक बहस बढी’ सर्वोच्चको प्रस्तावित न्यायाधीश मेघराज पोखरेलविरुद्ध संसदीय समितिमा उजुरी दर्ता इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङगारपुर ६ विकेटले पराजित लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, मन्थलीको वडा नं. ६ र ७ जोड्ने निर्माणाधीन पुल दोस्रोपटक भत्कियो सांसदसँग रासस संवादः स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा राष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल जारी संसदबाट बाहिरियो राप्रपा, रास्वपाको वेल घेराउ जारी सांसद अमरेशको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसद्मा छलफल तातेको राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ अमेरिकी आक्रमणपछि महासचिव गुटेरेसको चिन्ता: “स्थिति गम्भीर, कूटनीति नै समाधान” इजरायल र अमेरिकाको संयुक्त कदम, अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण