2026-10-07 03:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गणतन्त्रको नेतृत्व जुवाडेजस्तो भयो,जुन दुनियाँसँग गफ गर्दै, हेप्दै, मनपरी बोल्दै हिँडिरहेका छन्: घनश्याम भूसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले गणतन्त्रको नेतृत्व जुवाडेजस्तो भएको टिप्पणी गरेका छन्। पार्टीको पोखरा महानगरपालिकाको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै महासचिव भूसालले गणतन्त्रका नेतृत्वलाई जुवाडेको समूहको संज्ञा दिएका हुन्।

‘आज गणतन्त्रको, खासगरी नेतृत्वका तहमा हेर्नुहुन्छ भने यी जुवाडेजस्ता भए, गणतन्त्रको नेतृत्व वास्तवमा जुवाडेहरूको एउटा समूदायजस्तो भयो,’ उनले भने, ‘आज एउटाले जित्यो, चौका.. छक्का हान्यो.., उसले दुनियाँसँग गफ गर्दै, दुनियाँलाई हेप्दै, मनपरी बोल्दै हिँडेको छ।’

गणतन्त्रको जुवामा हार्ने चाहिँ रूँदै, कराउँदै हिँडेको भन्दै भूसालले टिप्पणी गरे। ‘बलिन्द्रधारा आँसु चुहाउँदै मलाई सत्ताबाट निकाले, सत्तामा जान दिएनन भन्दै त्यही सत्ताका लागि रूँदैछ,’ उनले भने।

सत्ताबाट हटेकोले गणतन्त्रको संस्थागत विकासका लागि जिम्मेवारी महसुस नगरेको उनको भनाइ छ। ‘सत्तामा पुगेको त यस्तो दम्भी र घमण्डी भएको छ कि, यो राजनीतिक नेतृत्वको कुरा गर्ने हो भने हारेका र जितेका जुवाडेहरूको यस्तो समूहजस्तो भएको छ,’ उनले भने।

हिजो गणतन्त्र आउँदा जसरी रम्ने, प्रफुल्ल हुने अवस्था थियो, त्यो अवस्था आज नभएकाले यसलाई गम्भीर समीक्षा गर्नुपर्ने उनले बताए। ‘फेरि हामीमाथि अर्को जिम्मेवारी छ। गणतन्त्रको यो व्यवस्थामा, खासगरी राजनीतिक पार्टीका हिसाबले, नेतृत्वका हिसाबले कहाँ चुक्यौं। हामीले एउटा बाटो पत्ता लगाउनुपर्नेछ। त्यो बाटोमा हिँडेर आजको यो उकुसमुकुसलाई चिर्नुपर्नेछ। मुलुकलाई साँच्चिकै गणतान्त्रिक, हाम्रो संविधानमा लेखेका ती अधिकार साँच्चिकै कार्यान्वयन गर्न सक्यौं भने आगामी १०–२० वर्षमा अझ राम्रो मुलुक बनाउन सक्छौं,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म