३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वभौमसत्ता सम्पन्न जनताको प्रतीकका रुपमा गणतन्त्रः महासचिव पोखरेल

१६ जेष्ठ २०८२, बिहीबार १६:२६
काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले महासचिव शङ्कर पोखरेलले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र सार्वभौमसत्ता जनताको प्रतीकका रूपमा रहेको बताउनुभएको छ ।
गणतन्त्र दिवसका उपलक्ष्यमा एमालेद्वारा आज यहाँ आयोजित कोणसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिसहित जनतालाई शक्तिशाली तुल्याउने गणतन्त्रको विकल्प नभएको स्पष्ट गर्नुभयो । उहाँले गणतन्त्र स्थापनापछि देशका हरेक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भइरहेको अवस्थामा पूर्वराजाका नाममा गणतन्त्रमाथि अफवाह फैलाउने काम भइरहकामा चिन्ता व्यक्त गर्दै देश, जनता र गणतन्त्रविरोधी तत्वलाई जनतामाझ ल्याई तिनको भण्डाफोर गरिनुपर्नेमा जोड दिनुभयो ।
नेपाली जनताको बलमा आएको गणतन्त्रमाथि धावा बोल्ने काम कदापि सह्य नहुने भन्दै महासचिव पोखरेलले देश, जनता र गणतन्त्रको रक्षाका खातिर जुनसुकै मूल्य चुकाउन आफ्नो पार्टी तयार रहेको स्पष्ट गर्नुभयो । उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतासहित समावेशी लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना भएको ऐतिहासिक दिनलाई समग्र राज्यका तर्फबाट हर्षाेल्लासका साथ मनाउनुपर्नेमा जोड दिनुभयो ।
यसैगरी, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले गणतन्त्र स्थापनासहित यसको सुदृढीकरणमा नेतृत्वदायी भूमिका रहेको एमालेको विभिन्न कार्यक्रमसहित देशव्यापी रुपमा उत्सवमय वातावरणसहित गणतन्त्र दिवस मनाउने निर्णय भएबमोजिम आज पालिका तहसम्म कार्यक्रम भइरहेको जानकारी दिनुभयो ।
एमालेका नेताहरूको नेतृत्व र संयोजनमा सहरका विभिन्न स्थानबाट विभिन्न वेशभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, झन्डा–ब्यानरसहितको ¥याली निस्केको थियो । आज बिहान ११ः०० बजे रत्नपार्क, भोटाहिटी, बागबजार, सुनधारा, अनामनगरलगायतका विभिन्न स्थानबाट निस्केको ¥याली पुनः प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पुगी कोणसभामा परिणत भएको हो ।
उल्लासमय वातावरणबीच गणतन्त्र दिवस मनाउने उद्घोषका साथ भएको आयोजित सो कोणसभामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डेलगायतका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो । त्यस्तै, पार्टीका सचिवालय सदस्य, स्थायी तथा केन्दीय कमिटीका  सदस्य, जनवर्गीय सङ्गठनका नेताहरूको समेत सहभागिता रहेको सो सभामा उल्लेखनीय जनसहभागिता रहेको थियो ।
यही जेठ ११ गते बसेको सचिवालय बैठकले गणतन्त्र दिवसको दिन सांस्कृतिक झाँकीसहित देशभर उत्सव मनाउने निर्णय गरेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्थिक सर्वेक्षण प्रस्तुत पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छः मन्त्री पौडेल संवैधानिक परिषद् विधेयक पारित पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका विदेश भ्रमणबारे संसदीय समितिलाई जानकारी गराइयो बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको छः मन्त्री अधिकारी त्रिविमा अध्ययन बिदा रहेका १८७ शिक्षक/कर्मचारी बिदामै कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछः सभापति देउवा बाढीपहिरोको समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण भारत र चीनले प्रत्यक्ष उडान पुनः सुरु गर्न ‘तीव्रता’ ल्याउने इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय रास्वपासँग मुलभुत विषयमा फरक छैन, रास्वपा आफ्नो ढंगले जान्छ: प्रचण्ड केयुको ३०औँ दीक्षान्तमा एक हजार १२९ दीक्षित प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ साइबर अपराध मुद्दामा दुई युट्युबर फरार तस्बिर प्रदर्शनीले पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटलाई उजागर गर्छ: अध्यक्ष लम्साल ‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलहरुबीच सहकार्यमा जोड’ ‘एक सय रुपैयाँमै चलचित्र हेर्न पाइने’