2026-10-07 03:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देशलाई उन्नतिको बाटोमा अघि बढाउन सबैले संकल्प गर्नुपर्ने

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डेले देशलाई उन्नतिको बाटोमा अघि बढाउन सबैले संकल्प गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्सालमा आजदेखि सुरु राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन समारोहमा मन्त्री पाण्डेले देशमा केही हुँदैन भन्ने भाष्य खडा गर्न खोजिएको उल्लेख गर्दै लोकतन्त्रमा नागरिकलाई कसरी लाभ दिने र देशलाई उन्नतिको पथमा अघि बढाउने भन्ने विषयमा सबैले सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “गणतन्त्र जे छ त्यो भन्दा सुधार गर्दै लैजानुपर्छ, कमी कमजोरी हटाउनुपर्छ, यो लोकतन्त्रको असल संस्कृति र संस्कारको बाटो हो, कुनै किसिमको निरङ्कुशता नेपालमा अघि बढ्न सक्दैन ।”
मन्त्री पाण्डेले आफूले आफूलाई शासन गर्ने पद्धतिमा सुधार कसरी गर्ने, उपयुक्त व्यक्तिलाई योगदान गर्ने ठाउँमा कसरी पुर्याउने, कसरी नागरिकलाई लाभ दिने भनेर सोच्ने बेला आएको बताउनुभयो । गणतन्त्र आएपछि नेपालमा विकास भएको दाबी गर्दै उहाँले अझै धेरै गर्न बाँकी रहेको प्रतिक्रिया दिनुभयो ।
नेपालको सम्पदा हेर्दा त्यो शताब्दीको अरनिको मात्रै नभएर नेपालमा अहिलेको शताब्दीका अरनिकोहरु पनि रहेको आभास हुने बताउनुभयो ।
उहाँले पर्यटक विकासका लागि नौतले दरबारसँगै दाक चोक पनि खुला गरिएको जानकारी गराउनुभयो । सो क्रममा विभिन्न क्षेत्रका कलाकारलाई उहाँले सम्मान तथा पुरस्कृत गर्नुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले यसपटक सातै प्रदेशका कलालाई उचित स्थान दिँदै राष्ट्रिय प्रदर्शनी गरिएको बताउनुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म