५ असार २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सदनको अवरोध खुलाउन सभामुखले थाले छलफल

१७ जेष्ठ २०८२, शुक्रबार १२:०७

काठमाडौँ | सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरू बीचको छलफल सुरू भएको छ। सभामुखको कार्यकक्ष सिंहदरबारमा दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग छलफल सुरू भएको हो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध भएपछि सभामुख घिमिरेले बिहान ११ बजे दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूको बैठक बोलाएको सभामुखको सचिवालयले जनाएको छ। संसदको अवरोध र बजेट माथिको छलफलको समय निर्धारण गर्ने उद्देश्यले छलफल तथा बैठक बोलाइएको हो। लगत्तै १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता हुनसक्ने भन्दै उनको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्। बजेट प्रस्तुत गर्न दिएका विपक्षी दलहरूले अवरोधको कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्काउटले युवापुस्तामा अनुशासन र सेवा विकास गर्नु सकारात्मक छ: उपराष्ट्रपति यादव आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अदालतको आदेश ११ महिनामा यूएईमा २८१ नेपालीको मृत्यु अफताब आलमलाई सफाइ दिने न्यायाधीश सर्वोच्च तानिए उत्तर कोरियाद्वारा इरानमाथि इजरायली आक्रमणको निन्दा सांसद मेटमणि चौधरीविरुद्ध हुलाकमार्फत उजुरी, दर्ता प्रक्रिया बाँकी दक्षिण–पश्चिम भारतमा सडक दुर्घटना, ९ जनाको मृत्यु इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन अस्ट्रेलियाको जनसङ्ख्या वृद्धि ३ वर्षकै न्यून सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा जेनेभामा शुक्रबार आणविक वार्ताका लागि इरानलाई भेट्ने युरोपेली विदेशमन्त्रीहरूको लक्ष्य अदालतले माग्यो नेपाल खबरलाई समाचार नहटाउनुको कारण आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह कारोबार रकम वृद्धि हुँदा, दोहोरो अंकले घट्यो नेप्से परिसूचक आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार संयोजकलाई पुनः पुरानै जिम्मेवारी भारतको गुजरातमा दुर्घटनाग्रस्त ‘एयर इन्डिया विमान’ दुर्घटनाको कारण प्रतिनिधिसभाः नागरिकता विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस इजरायल र इरानबीचको युद्धमा नेपालीको सुरक्षा र उद्धारप्रति सरकारको ध्यानार्कषण धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु