2026-10-07 02:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा माइक्रोबसबाट खसेर महिलाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

काठमाडौँमा माइक्रोबसबाट खसेर महिलाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा लिएको छ ।

काठमाडौँको नागार्जुनमा माइक्रोबसबाट खसेर एक महिलाको ज्यान गएको छ। शुक्रबार बिहान नागार्जुन नगरपालिका–६ स्थित टेम्पो पार्क नजिकै सडकमै खसेर उनी गम्भीर घाइते भएकी थिइन्।

महानगरीय प्रहरी परिसर, काठमाडौँका अनुसार बा.प्र.०१–००२ ज ७०५७ नम्बरको माइक्रोबस महाँकालबाट सीतापाइलातर्फ आउँदै गर्दा कोपिला परियार नामकी ३८ वर्षीया महिला सो सवारी साधनबाट खसेकी हुन्। उपचारका क्रममा मनमोहन अस्पतालमा उनको मृत्यु भएको हो।

उदयपुरको कटारी नगरपालिका–७ स्थायी घर भई हाल नागार्जुन नगरपालिका–६ रामकोटमा बसोबास गर्दै आएकी परियारको घटनास्थलमा गम्भीर चोट लागेको थियो।

दुर्घटनापछि माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै