2026-10-07 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छः मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले संविधानको रक्षाका निम्ति सम्पूर्ण गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
‘सातौँ राष्ट्रिय महिला अधिकार दिवस-२०८२’ का अवसरमा महिला मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले पछिल्लो समय वर्तमान राजनीतिक व्यवस्थाप्रति विभिन्न टीका–टिप्पणी हुने गरेको उल्लेख गर्दै व्यवस्था रक्षाका निम्ति गणतन्त्रवादी राजनीतिक दल, नागरिक समाज र आम नागरिकबीच एकता हुनुपर्नेमा जोड दिनुभयो ।
संविधानमा उल्लेख सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी÷समानुपाति र धर्मनिरपेक्षतालगायत प्राप्त उपलब्धि जोगाउनुपर्ने अहिलेको आवश्यकता रहेको मन्त्री सुडीको भनाइ छ ।
उहाँले महिलाको सवालमा संसद्मा ३३ प्रतिशतको सुनिश्चितता र शासन प्रणाली र निर्वाचन प्रणालीलगायत प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकारका निम्ति सम्पूर्ण महिलाहरु एकजुट हुँदै सङ्घर्ष गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो । मन्त्री सुडीले भन्नुभयो, “जबसम्म महिलाहरु आर्थिक रुपमा सम्पन्न हुँदैनन् र उनीहरुले पुरुष समान अधिकार पाउँदैनन्, तबसम्म समृद्ध नेपाल निर्माण हुन सक्दैन, त्यसकारण महिलाको उद्यमशीलताका लागि महिला मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।”
महिलाको संवैधानिक अधिकारको कार्यान्वयनसँगै महिलालाई हेर्ने देष्टिकोणमा सकारात्मक परिवर्तन गर्नुपर्ने उहाँको भनाइ छ । “महिला र पुरुषबीच समानताका लागि परिवारबाटै छोरा÷छोरीलाई समान अधिकारको सुरुआत गर्नुपर्छ, तर हाम्रो समाजमा बाबुआमाबाटै छोरा र छोरीलाई विभेद गर्ने प्रचलन अझै हटेको छैन, त्यसलाई हटाउन जरुरी छ”, मन्त्री सुडीले भन्नुभयो ।
प्रतिनिधिसभा, महिला तथा समाजिक समितिका सभापति किरणकुमार शाहले अहिले पनि समाजमा अवशेषका रुपमा रहेको बालविवाह, छाउपडी र बोक्सी प्रथा अन्त्यका निम्ति समितिले काम गर्दै आएको बताउनुभयो । राष्ट्रको समृद्धिका निम्ति राज्यको हरेक संरचनामा महिलाको जनसङ्ख्याको आधार ५० प्रतिशत महिलाको सहभागिता संवैधानिक र कानुनी रुपमा सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेल खतिवडाले सदनमा जस्तै कार्यपालिकामा पनि महिलाको ३३ प्रतिशत सहभागिताको संवैधानिक रुपमा सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी, स्थानीय तहमा ४१ प्रतिशत महिलाको सहभागिता छ । ‘महिला अधिकारको सम्मानः आत्मनिर्भरता हाम्रो अभियान’ भन्ने मूल नारासहित देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै