2026-10-07 03:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एचआइडिसियलका प्रमुख कार्यकारी अधिकृत थापाद्वारा शपथग्रहण

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसियल)को प्रमुख कार्यकारी अधिकृत  प्रजेशविक्रम थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
एचआइडिसिएलको बिहीबारको सञ्चालक समितिको बैठकले कम्पनीको सिइओमा नियुक्त हुनुभएका प्रमुख कार्यकारी अधिकृत  थापाले आज ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शपथग्रहण लिनुभएको हो ।
उहाँलाई कम्पनीका अध्यक्ष एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले शपथग्रहण गराउनुभएको हो । नवनियुक्त सिइओ थापा मेकानिकल इञ्जिनियर हुनुहुन्छ । उहाँलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो । पाँचजना उम्मेदवारमध्ये अन्तिम प्रस्तुति तथा अन्तर्वार्ताबाट छनोट गर्दै थापालाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।
त्यस अवसरमा ऊर्जामन्त्री खड्काले निश्चित लक्ष्य र उद्देश्य लिएर स्थापना भएको उक्त संस्थाले सरकारले लिएको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । जलविद्युत् क्षेत्रमा आउने लगानीलाई एचआइडिसिएलले आफ्नो कम्पनीमार्फत लगानी गर्नेगरी कार्ययोजना बनाएर अगाडि बनाउनुपर्ने बताउनुभयो ।
एचआइडिसिएल सरकारी संस्था भएकाले २५ मेगावाटभन्दा ठूला आयोजनामात्र नभई समस्यामा परेका साना जलविद्युत् आयोजनालाई पनि वित्तीय सहयोग गर्नुपर्ने मन्त्री खड्काले बताउनुभयो । सचिव आचार्यले सरकारले राखेको ऊर्जा विकास मार्गचित्रको लक्ष्यलाई पूरा गर्न एचआइडिसिएलको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले समयअनुसार संस्थाको ऐन, कानुनलाई परिमार्जन गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म