काठमाडौँ । राजसंस्थाको पुनर्स्थापनाको मागसहित सुरु गरिएको ‘संयुक्त जनआन्दोलन’ क्रमशः देशका संवेदनशील स्थानहरूतर्फ सर्ने क्रममा रहेको छ। यही क्रममा राजावादी समूहले भोलि नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गर्ने तयारी गरेका छन्।
पहिलो दिन रत्नपार्क केन्द्रित भएको आन्दोलनको दोस्रो दिन माइतीघरमा सम्पन्न भएको थियो। भोलि भने नारायणहिटी क्षेत्रमै प्रदर्शन हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जनाएका छन्।
आन्दोलनका क्रममा सुरक्षा सतर्कता बढाउने तयारी पनि भइरहेको छ। आयोजक पक्षले नागरिक सहभागिता बढ्दै गएको दाबी गरिरहेका छन् भने सरकार पक्षबाट अहिलेसम्म औपचारिक प्रतिक्रिया आइसकेको छैन।