2026-10-07 02:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशबाट आयात हुने मदिरामा भन्सार दर परिमार्जन हुँदा स्वदेशी उद्योगी त्रसित

काठमाडौँ । सरकारले विदेशबाट आयात हुने मदिरामा भन्सार दर परिमार्जन गरेको छ । यसअघि विदेशबाट आयातित मदिरामा सामान्यतया प्रतिलिटर २ हजार रुपैयाँका दरले भन्सार लाग्ने गरेको थियो । त्यस्तै बियरमा प्रतिलिटर २ सय रुपैयाँ र वाइनमा ३ सय रुपैयाँ भन्सार लिने गरेको थियो ।

अब ह्विस्की, रम, ब्रान्डी, जिन, भोड्का लगायत तयारी मदिरामा सरकारले आयात मूल्यको शतप्रतिशत भन्सार दर लगाउने गरी आर्थिक विधेयक मार्फत संशोधन गरेको छ ।

विदेशबाट ठूलो मात्रामा ब्रान्डेड मदिरा नै आयात गर्दा पनि प्रतिलिटर ४-५ देखि १४-१५ अमेरिकी डलरसम्म पर्ने मदिरा उद्योगी तथा आयातकर्ता बताउँछन । अनलाइन सपिङ प्लेटफर्महरूमा सार्वजनिक तथ्यांक हेर्दा कुनै-कुनै ब्रान्डका हकमा त्यो कुरा पुष्टि हुन्छ । उदाहरणका लागि होलसेलरहरूका लागि भ्याट सिक्स्टी नाइन ह्विस्की एक लिटरको फ्याक्ट्री मूल्य ४.८५ डलर सम्ममा पाइने गरेको देखिन्छ ।

त्यस्तै रेड लेबल ह्विस्कीको एफओबी मूल्य (आयातकर्तालाई पर्ने बिजक मूल्य) १० डलर हाराहारी पर्ने देखिन्छ । एब्सोलुट भोड्काको पनि त्यस्तै हाराहारी एफओबी मूल्य देखिन्छ । तर, कुन ठाउँबाट कुन देशमा डेलिभरी गर्ने हो, त्यसका आधारमा मूल्य तह हुने गर्छ । साथै, यसरी प्रतिशतमा कर लगाउँदा सस्तो मूल्यका विदेशी मदिरा सस्तो हुने मदिरा उत्पादक रवि केसी बताउँछन् । नेपालमा विदेशी मदिर आयात बढ्ये भने स्वदेशी उद्योगलाई समस्या पर्ने उनको भनाइ छ । त्यस्तै शारडा ग्रुपका निर्देशक गौरव शारडा पनि सरकारले मदिराको भन्सार दर परिवर्तन गर्नुअघि पर्याप्त अध्ययन नगरेको बताउँछन् ।

खासगरी विदेशबाट आयात हुने मध्यमस्तरका मदिरा रेड लेबल, भ्याट सिक्स्टी नाइन, एब्सोलुट भोड्का लगायतमा भन्सार घट्ने तर प्रिमियम मदिरामा बढ्ने उनी बताउँछन् । ‘नेपाली उद्योगका उत्पादनसँग प्रतिस्पर्धा गर्ने ब्रान्डमा भन्सार दर घट्ने देखिएको छ । यो त्यति मिलेको देखिँदैन,’ उनी भन्छन् । त्यस्तै वाइन र बियरमा नयाँ भन्सारले शतप्रतिशत जति मूल्य बढ्न सक्ने पनि उनी बताउँछन् । त्यस्तै कच्चापदार्थका रूपमा रहने स्पिरिटमा भन्सार दर परिवर्तन गरेर ३० प्रतिशतमा झार्नु गलत भएको उनी बताउँछन् ।

सरकारको यो नीतिले स्पिरिटमा करिब आत्मनिर्भर भइसकेको नेपाललाई धक्का लाग्ने उनी बताउँछन् । ‘नेपालका मदिरा उद्योगले करिब ९५ प्रतिशत स्पिरिट नेपालमै उत्पादन भएको प्रयोग गर्छन् । अब भन्सार सस्तो भई भारतबाट भित्रिने सम्भावना धेरै छ,’ उनी भन्छन् ।

स्पिरिटमा यसअघि प्रतिलिटर ६० रुपैयाँ भन्सार थियो । ‘स्पिरिटको मूल्य सामान्यतया १ सय रुपैयाँ प्रतिलिटर हुने हुनाले ६० प्रतिशत भन्सार हुन आउँथ्यो । तर, अब ३० प्रतिशत मात्रै लाग्ने भयो,’ उनी भन्छन् । यो नीति ल्याउनुअघि पर्याप्त अध्ययन गरेको नदेखिने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै