2026-10-07 01:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिरासतबाट छुटेपछि कमल थापा भन्छन्:हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको संकल्प अझै सुदृढ भयो

काठमाडौँ । हिरासतबाट छुटेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई व्य‌ंग्यात्मक धन्यवाद दिएका छन्।

आइतबार राति प्रहरीको हिरासतबाट छुटेका उनले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्यवाद प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति।’ उनले निषेधित क्षेत्र नतोडेको दाबी पनि गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ।’ दमन र निषेधले विचार नमर्ने उल्लेख गर्दै अध्यक्ष थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको संकल्प अझै सुदृढ भएको दाबी पनि गरेका छन्।

आइतबार दिउँसो राजा माग्दै प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले काठमाडौँको नारायणचौरबाट राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपा सांसद दीपक सिंहसहित ८ जनालाई नियन्त्रणमा लिएको थियो।

एकजना डा. राजीव झालाई भने अझै हिरासतमै राखिएको छ। झाले रक्सी खाएर प्रदर्शनका क्रममा अपशब्दसमेत बोलेकाले नियन्त्रणमै राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’