६ असार २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमालको संरक्षणमा जोड

२१ जेष्ठ २०८२, मंगलवार १३:२०

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमाल देशका अमूल्य निधि भएकाले तिनको संरक्षण अपरिहार्य भएको बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्वीर प्रदर्शनको आज अवलोकनपछि उहाँहरुले तिनको संरक्षण र प्रवद्र्धनमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेश बर्तौला र पूर्वमन्त्री हृदयेश त्रिपाठीले प्रदर्शनीका माध्यमबाट जलवायु परिवर्तनका कारण उत्पन्न समस्याप्रति गम्भीर हुन सन्देश प्रवाह गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मुख्य सचेतक महेश बर्तौलाले प्रदर्शनीबारे व्यक्त गर्नुभएको विचार यस प्रकार छः

गणतन्त्र दिवसका अवसरमा हिमाल र हिमाली जीवनलाई तस्वीरमा उतार्ने राससको कार्य सकारात्मक छ । गणतन्त्र आएपछि केही भएन भनेर प्रश्न गर्नेका लागि गतिलो जवाफ राससको तस्वीर प्रदर्शनी हो । ९६ वटा तस्वीरमार्फत पर्वतीय जीवनलाई उजागार गरिएको छ ।

राससका फोटो पत्रकारले पर्वतीय जीवनलाई तस्वीरमार्फत आमजनता समक्ष प्रस्तुत गरेका छन् । यो सराहनीय छ । नेपालको समृद्धिको महत्वपूर्ण आधार पर्यटन हो । पछिल्लो समय हिमाल र पर्वतहरु जलवायु परिवर्तनको मारमा परेका छन् । त्यो हाम्रो कारणले होइन, तापक्रम वृद्धिले हो । हाम्रा सम्पदा, हिमाल र हिमाली भूगोलको संरक्षण र प्रवद्र्धन गर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा बजारीकरण गर्ने र यसका माध्यमबाट मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्छ । आफ्नो कर्मको माध्यमबाट भएका कुरालाई समाजको तहमा ल्याउनका लागि प्रदर्शनी आयोजना गरेकामा आभार प्रकट गर्दछु । यसखालका विषयको प्रवद्र्धन सरकार आफैँले पनि गर्नुपर्छ । राज्यका निकायले यस्ता चिजलाई सम्पत्तिका रुपमा ग्रहण गरेर बजारीकरण र व्यवस्थापन गर्ने सोच आवश्यक छ ।

पर्वत शृङ्खला हाम्रा सम्पत्ति हुन्, यसको प्रवद्र्धन गरेर पर्यापर्यटनको विकास गर्न योगदान पुग्छ । हिमालका सम्भावना के छन् ? हिमालहरु के कस्ता छन् ? यसलाई पर्यटन र समृद्धिसँग जोडेर कसरी हेर्छौं भन्ने सन्देश दिएको छ । यो नै हाम्रो सम्पत्ति हो । यसबाट देशमा विकासका अथाह सम्भावना रहेको देखिन्छ । नेपालमा धेरै प्राकृतिक सम्पत्ति छन्, त्यसलाई देशको हितमा प्रयोग गर्न सकारात्मक दृष्टिकोणका साथ काम गर्नुपर्छ । तीनवटै तहका सरकारले ती अमूल्यनिधिका रुपमा रहेका हिमालको प्रचारप्रसार, त्यस ठाउँमा पर्यटकीय पूर्वाधार निर्माण गर्न समन्वयका साथ अघि बढ्नुपर्छ । यी सम्पदा र सम्पत्तिलाई हामी आफैँले जोगाएर र प्रवद्र्धन गरी देशको विकास गर्नुपर्छ ।

पूर्वमन्त्री त्रिपाठी भन्नुहुन्छः

हिमाल र पर्वतीय पर्यटनसँग सम्बन्धित तस्वीर प्रदर्शनी गरेर राससले अनुकरणीय काम गरेको छ । तस्वीरमा समेटिएका कतिपय हिमाल र स्थानको थप अन्वेषण गरी विश्वसामु ल्याउनुपर्छ । परम्परागत पत्रकारिताभन्दा पृथक रहेर ल्याइएका यी तस्वीरमा हिमालको जीवन्त यथार्थ समेटिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस्ता सम्पदाको संरक्षण एवं प्रवद्र्धनको योजना बनाउनुपर्छ । विश्वलाई चिनाउने हिमाल र भूगोल हामीसँग छ । भूगोलबाट हामी ठगिएका होइनौँ । ती सम्पदालाई सदुपयोगमा पछि परेका हौँ । हिमाल हाम्रो शिर हो । हिमालको संरक्षण र प्रवद्र्धनमा राज्यले ध्यान दिनुपर्छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह मुक्तककार ढुङ्गेलको ‘क्रमभङ्ग’ सार्वजनिक निजामती विधेयकलाई तत्काल प्रक्रियामा ल्याउन आग्रह डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते देशमा बहुआयामिक र चौतर्फी ढङ्गले विकास गर्दैछौँ : प्रधानमन्त्री एएफसी एसियन कप छनोट खेल्ने टोली घोषणा टीआरसी कार्यालयको भाडाबाट प्रधानमन्त्री झस्किए, मासिक साढे ९ लाखभन्दा धेरै विपद् आउनुअघि तयारीमा ध्यान नदिने प्रवृत्ति अन्त्य गर्नुपर्ने : पुष्पकमल दाहाल आचरणको विषयमा प्रश्न उठेपछि सर्वोच्च अदालत तानिए न्यायाधीश पाण्डे नेपाल प्रहरीले लग्यो हैदराबाद प्रहरीलाई नियन्त्रणमा पेट्रोल र डिजेलको खपत घट्यो ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोका पक्राउ विनियोजन विधेयक सर्वसम्मतिले पारित इजरायल–इराक युद्धका कारण स्वदेश फर्कन चाहने नेपालीका लागि, परराष्ट्रमा २४ सै घण्टे हेल्प डेस्क इरान र इयुका शीर्ष कूटनीतिज्ञले आणविक वार्ता गर्ने नेपालीलाई इजरायल र इरानबाट उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री पत्रकारितालाई मर्यादित पेसा बनाउनुपर्ने : मुख्यमन्त्री शाह सेनेटरी प्याडको कर शुन्यमा झार्न सर्वोच्च अदालतको परमादेश बिपी राजमार्गमा १५ दिनसम्म राति गाडी चलाउन रोक