2026-10-07 12:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ऊर्जामन्त्री र उरुग्वेका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि उरुग्वेका गैरआवासीय राजदूत अल्बर्टो ए गुआनीले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको ऊर्जा र सिँचाइ क्षेत्रको सहकार्यका विविध विषयमा छलफल भएको थियो  । भेटमा ऊर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न दातृ निकायको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
मन्त्री खड्काले वायु र सौर्य ऊर्जामा उरुग्वेको सफलताको उच्च मूल्याङ्कन गर्दै नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा प्राविधिक सहयोग र लगानीका सम्भावना पहिचान गर्न आग्रह गर्नुभयो । व्यापार, ऊर्जा क्षेत्रमा लगानी दिगो विकास तथा पर्यटनको क्षेत्रमा सहकार्य विस्तार गर्न प्रशस्त सम्भावना नेपालले देखेको उहाँले भेटमा बताउनुभयो ।
भेटमा नेपालका लागि उरुग्वेका गैरआवासीय राजदूत गुआनीले उरुग्वेले वायु ऊर्जा र नवीकरणीय ऊर्जामा राम्रो अनुभव हासिल गरेको भन्दै उक्त अनुभवसहित प्रविधि हस्तान्तरण आदानप्रदान गर्न सकिने बताउनुभयो ।
उहाँले जलस्रोत व्यवस्थापनको क्षेत्रमा नेपालको सीप, अनुभव र दक्षता उरुग्वेलाई काम लाग्ने भएकाले अनुभव आदानप्रदान गर्न सकिने उल्लेख गर्नुभयो । भेटमा मन्त्रालयका उच्चपदस्थ कर्मचारीको समेत उपस्थिति रहेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’