2026-09-14 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज पनि यात्रुलाई सास्ती

काठमाडौँ । यातायात व्यवसायीले गएराति सरकारसँग छ बुँदे सहमति गरेर आन्दोलन नरोक्दा आज पनि यात्रु सास्ती खेप्न बाध्य भएका छन् ।
आज पनि बिहानैदेखि देशभर यातायातका साधन नचल्दा गन्तव्यमा जान निस्किएका यात्रु मारमा परेका छन् । सोमबारदेखि नै अलपत्र परेका यात्रु पनि सवारी साधनको प्रतीक्षामा रहेका छन् । कतिपय पैदलै हिँडेर गन्तव्यमा गइरहेको देखिएका छन्भने काठमाडौँ उपत्यकामा न्यून मात्रामा साझा यातायातले सेवा दिए पनि कोचाकोच यात्रु राख्न बाध्य भएको देखिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले आज पनि सार्वजनिक सवारीसाधन प्रभावित भएको देखिएको र फाट्टफुट्ट चलिरहेको बताउनुभयो । उहाँले चालकहरुको मागका आधारमा ‘स्कटिङ’ गरेर यातायातका साधनलाई गन्तव्यतर्फ पठाउन ७७ वटै जिल्लामा प्रहरी टोलीलाई निर्देशन दिएअनुसार उक्त कार्य जारी रहेको उहाँले बताउनुभयो ।
यसरी सार्वजनिक यातायातका साधन नचलेपछि ‘राइड सेयरिङ’ प्रयोग गर्नुपर्ने बाध्यता यात्रुहरुमा रहेको छ । उनीहरुले चर्काे भाडा असुलेको गुनासो आइरहेको छ । उनीहरुले रु २५० लाग्ने ठाउँमा रु ४०० सम्म लिइरहेको यात्रुहरुले गुनासो गरेका छन् ।
एक्कासि सोमबार र मङ्गलबार यातायात नचल्दा त्यसअघि विभिन्न क्षेत्रमा पुगेका सर्वसाधारण नागरिकलाई फर्कन सास्ती भएको छ । उनीहरु लामो दूरीका सवारीसाधनको प्रतीक्षामा रहेका छन् ।
सहमति हुँदा पनि किन चलेनन् गाडी ?
गएराति भएको सहमतिको मूख्य बुँदा गण्डकी प्रदेशले निजी सवारी साधन (रातो नम्बर प्लेटका)लाई यात्रु बोक्न दिने गरी ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावली, यससम्बन्धी संघीय कानुन तर्जुमाको क्रममा रहेकाले सो कार्यान्वयनमा नआउँदासम्म सम्बन्धित प्रदेशको राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत अनुरोध गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सिफारिस गर्ने रहेको छ ।
यसका साथै सहमतिपत्रमा यातायातसम्बन्धी सर्वोच्च अदालतको परमादेश कार्यान्वयन, सार्वजनिक यातायात सुधार सुझाव सिफारिस कार्यदल गठन गर्ने, ऐन, कानुन, नियम र निर्देशिकाहरूमा यातायात व्यवसायी तथा यातायात मजदुरहरुका मागलाई सम्बोधन गर्ने, स्वदेशी तथा विदेशी सवारी साधनको भारवहन क्षमतासम्बन्धी नियम कानुन कार्यान्वयन, विदेशी सवारी साधनलाई भन्सार नाकामै पाइराखेको ७२ घन्टे सुविधा सम्बन्धमा सुझाव पेस गर्ने, सार्वजनिक सवारी साधनको आयु सम्बन्धमा सर्वोच्चको परमादेशको यथाशीघ्र कार्यान्वयनलगायतका विषय रहेको छ ।
यातायात व्यवसायीले सबै विषयमा सहमति जनाएर पनि बुँदा नम्बर १ को विषय पूर्ण कार्यान्वयन नभएसम्म आन्दोलन भने स्थगित नगर्ने अडान कायम राखेका छन् । सोही कारण आज पनि देशभर यातायातका साधन सञ्चालन भएका छैनन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा वार्ता टोली सदस्य सरोज सिटौलाले गण्डकी प्रदेश सरकारबाट निजी सवारी साधन (रातो नम्बर प्लेटका)लाई यात्रु बोक्न दिने गरी ल्याइएको राइड सेयरिङसम्बन्धी नियमावलीको उक्त बुँदा हटाएको निर्णयको प्रतिक्षामा रहेको र सो निर्णय आउने बित्तिकै आन्दोलन स्थगित हुने बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई भाडामा सञ्चालन गर्न पाउनेगरी नियमावली (निर्देशिका) बनाएर कार्यान्वयनमा लैजान लागेको भन्दै त्यसविरुद्ध यातायात व्यवसायीले आन्दोलन थालेका थिए ।
सोमबार सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन गरेको आठ सदस्यीय सरकारी वार्ता टोली र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरको नेतृत्वमा नौ सदस्यीय टोलीबीच राती ११ बजेसम्म छलफल गरी उक्त सहमति गरेको हो ।
यता सरकारले भने सहमतिअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको र आज समस्या समाधान हुने जानकारी गराएको छ । सरकारी वार्ता टोलीका संयोजक पन्थले आज अपराह्नसम्ममा निकास निस्किने विश्वास व्यक्त गर्नुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ