2026-09-14 03:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘व्यवस्थाप्रति प्रश्न उठाइनु सामान्य कुरा हैन’

काठमाडौँ | राष्ट्रियसभाका सदस्यहरुले जनताको त्याग र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्धमा भइरहेको व्यवस्था विरोधी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले केही व्यक्ति र समूहले विस्थापित भइसकेको व्यवस्थालाई फर्काउने दुस्प्रयास गरिरहेको भन्दै त्यसका विरुद्धमा गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद तुलसाकुमारी दाहालले व्यवस्था विरोधी प्रश्न उठाउर मित्थ्या आरोपप्रति प्रश्न उठाइनु सामान्य कुरा नभएको बताउनुभयो । उहाँले समाजमा समय समयमा प्रकट हुने नकारात्मक सोच, संविधान व्यवस्थाप्रति फैलाइएको अफवाह सङ्घीय लोकतान्तिक गणतन्त्रको विरुद्धमा मित्थ्या आरोप लगाउने काम भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “व्यवस्थाप्रति प्रश्न उठाइनु सामान्य कुरा हैन । विगतमा परिवर्तनका लागि आन्दोलन गर्ने दल, सत्ताको विभिन्न समयमा रही काम गर्ने राजनीतिक दल गम्भीर हुन, चिन्तन मनन गर्न आवश्यक छ, एक आपसमा हिलो छ्याप्न थाल्यौँ भने प्राप्त उपलब्धिको रक्षा गर्न सकिँदैन ।”

सांसद दाहालले सरकारले सदनमा बजेट प्रस्तुत गरिसकेको र अति आवश्यक विधेयक पनि यसै सदनमा ल्याउने प्रतिवद्धता जनाएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले नेपालमा जातकै कारण विभिन्न विभेदका घटना घटिरहेका र पीडितले न्याय पाउन नसकेको भन्दै सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले जनप्रतिनिधिको सकारात्मक भूमिका नहुनु, प्रहरी प्रशासनको कमजोर भूमिका, मिडियाको भूमिका सकारात्मक नहुनु तथा विपन्नता र गरिबीको दुस्चक्रमा समाज रहनुका कारण दलितमाथिको विभेद र अपराधजन्य घटना बढिरहेको जिकिर गर्नुभयो । उहाँले दलितमाथिको विभेदका घटना अन्त्यका लागि उच्चस्तरीय संसदीय समिति गठन गरिनुपर्ने, उत्पीडितको निश्पक्ष रूपमा छानबिन गरिनुपर्ने, पीडितलाई राहत न्याय र क्षतिपूर्तिको उचित व्यवस्था गर्न माग गर्नुभयो । साथै सचेतना अभियान राष्ट्रव्यापी रूपमा सञ्चालन गर्न समेत माग गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले सङघीय लोकतान्त्रिक गणतन्त्रान्त्रिक व्यवस्थाका विरुद्धमा सदन र सडकका माध्यमबाट कमजोर बनाउने प्रयास भइरहेको भन्दै व्यवस्था विरोधीका विरुद्ध एकजुट हुनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “व्यवस्था ल्याउन कुनै योगदान र भूमिका नभएका व्यक्ति र समूहबाट बदनाम गराउने तथा वर्तमान संविधानलाई नै असफल बनाउने प्रयास भइरहेको छ । यसका विरुद्धमा गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्छ ।”

सदनमा जिम्मेवार प्रतिपक्षीलगायत अन्य दलले सदन अवरोध गरिरहेको भन्दै उहाँले जनताको आवश्यकता र जिविकासँग जोडिएका विषयलाई सम्बोधन गर्न सहमति तथा सहकार्यबाट अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

सांसद रोकायाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक कर्मचारीको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकको राजिनामाको विषय ल्याइनु दुःखद् पक्ष हो भन्दै आरोपित व्यक्ति विरुद्ध उजुरी नै नपरेको विषयमा अनावश्यक राजनीतिकरण गरिएको आरोप लगाउनुभयो । कर्मचारीले गल्ती गरेको आरोपमा मन्त्रीले राजिनामा दिँदै जाने हो भने कस्तो संस्कार बस्ला भनी उहाँले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ