२०८३, २९ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको प्रभावकारी रूपमा कार्यान्वयन गरिने

२०८२, २१ जेष्ठ मंगलवार १६:४२

काठमाडौँ | राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्राधिकरणले आज यहाँ पत्रकार सम्मेलन गर्दै विगतबाट पाठ सिक्दै यो वर्ष क्षति न्यूनीकरणका लागि प्रभावकारी रुपमा कार्ययोजनाको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो ।

प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बास्तोलाले विपद्जन्य पूर्वसूचनालाई प्रभावकारी बनाउँदै प्राधिकरणले आउँदो मनसुनलाई दृष्टिगत गर्दै मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सरोकार भएका निकायबीच समन्वय र सहकार्य बढाउने बताउनुभयो ।

पूर्वसूचना तथा चेतावनी प्रणालीलाई सुदृढ गर्दै जोखिममा रहेका वर्ग, क्षेत्र र समुदायसम्म समयमा सूचना पु¥याइने उहाँले जानकारी दिनुभयो । कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । यो वर्ष करिब २० लाख मनसुनबाट प्रभावित हुने प्राधिकरणको अनुमान छ । प्राधिकरणले सङ्कटका बेला प्रभावकारी ढङ्गले समन्वय गर्न विपद् व्यवस्थापन प्रणालीलाई सशक्त बनाइने जनाएको छ ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा विगतको सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाउनुको कारण के हो ?: हर्क साम्पाङ प्रधानमन्त्री नआएपछि कांग्रेसद्वारा राज्य व्यवस्था समिति बैठक बहिष्कार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले उठेर विरोध जनाए बर्दियामा बस दुर्घटना हुँदा १० जना घाइते मन्त्रिपरिषद् बैठकबाट नीति तथा कार्यक्रम पारित मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु मन्त्रिपरिषद् बैठक सुरु घट्यो सुनको मूल्य काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन