2026-10-07 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हिमशृङ्खलाको संक्षणमा विश्व समुदायको ध्यान जानुपर्छ’

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता हितबहादुर तामाङले मानव सभ्यतासँग जोडिएका हिमशृङ्खलाले जलवायु परिवर्तनको असर भोगिरहेकाले मानव सभ्यता जोगाउन विश्व समुदायको ध्यान हिमशृङ्खला संरक्षणमा जानुपर्ने बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका तामाङले नेपालका हिमालको महत्त्व, जलवायु परिवर्तनको असर र नेपालले पाउनुपर्ने क्षतिपूर्तिका बारेमा सरकार र सरोकार भएका निकायले विश्वको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो ।
“जलवायु परिवर्तनका कारण हामीले क्षति बेहोर्नु परिरहेको छ, जलवायु परिवर्तनमा नेपालको नकारात्मक भूमिका छैन, विकसित मुलुकले बढीभन्दा बढी कार्बन उत्सर्जन गरिहेका छन्, त्यसको मार हामीले खेप्नुपरेको छ”, पूर्वपर्यटनमन्त्री तामाङले भन्नुभयो, “हिमशृङ्खला पग्लने, हिमताल फुट्ने र त्यसबाट मानव जीवन प्रभावित हुने अवस्था देखिएको छ । हिमालको संरक्षण गर्न सिङ्गो विश्व एकताबद्ध हुनुपर्छ ।”
सांस्कृतिक तथा प्राकृतिक सम्पदाको दृष्टिकोणबाट नेपाल सम्पन्न मुलुक भए पनि यी सम्पादको सदुपयोगमा कमजोरी भइरहेको नेता तामाङले धारणा व्यक्त गर्नुभयो । “पर्यटन नेपालको समृद्धिका लागि महत्त्वपूर्ण आधार हो, यी सम्पादामार्फत नेपाललाई विश्वमञ्चमा चिनाउन, रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
राससले आयोजना गरेको उक्त प्रदर्शनीले गणतन्त्रको महिमा र महत्त्व झल्काउने काम गरेको पूर्वपर्यटनमन्त्री तामाङले उल्लेख गर्नुभयो । प्राकृतिक सम्पदाको उचित प्रचारप्रसार गर्न नसक्दा यसबाट पर्याप्त लाभ लिन नसकिरहेको जनाउँदै उहाँले तस्बिर प्रदर्शनीले सम्भावनाको पुनःअध्ययन, यसको महत्त्व बुझ्न र भविष्यको योजना निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेता तामाङलाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे उजागार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्न प्रदर्शनीमा राखिएका तस्बिरले सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’