२०८३, २७ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसारलाई हिमाल देखाउन र महत्व बुझाउन सक्नुपर्छ– कार्यवाहक अध्यक्ष अर्याल

२०८२, २२ जेष्ठ बुधबार १६:१५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले नेपालका हिमालको सुन्दरता र महत्वबारे संसारलाई देखाउन र बुझाउन सरकार र पर्यटन व्यवसायीबीच परिणामुखी सहयोग, समन्वय र सहकार्य आवश्यकता रहेको बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीपछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै विश्वभरका पर्यटकले जीवनमा एक पटक हेर्न र पुग्न पाए हुन्थ्यो भन्ने स्थान र सम्पदालाई राससले तस्बिरमार्फत चिनाउने प्रयास गरेको बताउनुभयो ।

कार्यवाहक अध्यक्ष अर्यालले भन्नुभयो, “नेपालका यस्ता अमूल्य निधिलाई अन्तरराष्ट्रिय बजारमा पु¥याउने जिम्मा पर्यटन बोर्डको भएकाले उसले अलि बढी चासो दिएर प्रचारप्रसार गर्नुपर्छ ।

कार्यवाहक अध्यक्ष अर्यालले भन्नुभयो, “आँखाले त हिमाल सुन्दर देखिने भइहाल्यो, हाम्रा प्राकृतिक सम्पदालाई संसारलाई देखाउन पर्यटन व्यवसायका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका बीच समन्वय र सहकार्य आवश्यक छ ।”

देशका नीति निर्माण तहमा रहेकालाई प्रदर्शनीको अवलोकन गराएर पर्यटन प्रबद्र्धन अभियानलाई सार्थक तुल्याउन राससलाई सुझाव दिँदै उहाँे भन्नुभयो,“हाम्रा हिमाल, पहाड र तराईका आआफ्नै खाले विशेषता र महत्व छन् । देशको आयआर्जनमा सम्भावना रहेको पर्वतीय पर्यटनलाई प्राथमिकता दिई पर्यटन प्रबद्र्धनमा सहयोग पु¥याउने दायित्व हामी सबैको हो । पर्वतीय पर्यटन प्रबद्धनमा सहयोग पु¥याउने उद्देश्यले गरिएको तस्बिर प्रदशनीका राससलाई धन्यवाद छ ।”

सोही पार्टीका सांसद हरि ढकालले प्रकृतिको उपहारमध्ये विशाल हिमाल पर्वतशृङ्खला भएकाले नेपाललाई ज्ञान भूमि र तपोभूमि भनिएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई प्राप्त प्रकृतिको उपहारमध्ये उच्च पर्वतीय विरासत एकदमै रोचक छ, यसले संसारभरका सहासिक पर्यटकको आशा र भविष्यको विरासत बोकेको छ, यसलाई जोगाउँदै लाभान्वित हुनु सक्नुपर्दछ ।”

विश्व तापक्रम वृद्धिको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको उल्लेख गर्दै सांसद ढकालले प्रदर्शनीमा राखिएका हिमालसम्बन्धी तस्बिर अवलोकनबाट आनन्दित मात्र नभई ‘क्लिक’ गराउने काम समेत भएको प्रतिक्रिया दिनुभयो ।

गणतन्त्र दिवसका उपलक्ष्यमा रासस केन्द्रीय कार्यालयमा राखिएको तस्बिर प्रदर्शनी अवलोकनका क्रममा आज उहाँहरू आउनुभएको हो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन