2026-07-25 07:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जलवायु परिर्तनमा हाम्रो भूमिका नभए पनि असर खेप्नु परिरहेको छ’

काठमाडौँ | नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले जलवायु परिर्वतनमा नेपालको कुनै भूमिका नभए पनि त्यसको असर खेप्नु परिरहेको बताउनुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले जलवायु परिवर्तनबाट हिमाल र हिमशृङ्खलामा परेको असरबारे नेपालले उठाएका विषयलाई अन्तरराष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिनुपर्ने प्रतिक्रिया दिनुभयो ।

नेता डा कोइरालाले भन्नुभयो, “जलवायु परिवर्तनबाट प्रकृति र मानव जीवनमा परेको असरबारे हामीले निरन्तर आवाज उठाइरहेका छौँ । नेपालका हिमाल र हिमाली जनजीवनमा यसबाट अप्ठ्यारोमा परेको छ भने हिमशृङ्खलाले सङ्कटको सामना गरिरहेका छन् । त्यो पक्षलाई अन्तरराष्ट्रिय समुदायले बुझिदिनुपर्छ ।”

आफूले बेलायतको भ्रमणका क्रममा त्यहाँको संसदीय समितिमा यस विषयमा आवाज उठाएको बताउँदै डा कोइरालाले नेपालका तर्फबाट उठाइएका विषयलाई बेलायतले चासोकासाथ लिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ राखिएका तस्बिरले नेपालको भौगोलिक अवस्थितिको वास्तविकताका बारे चित्रण गरेको छ । मुलुकभित्र रहेका प्राकृतिक सम्पदा र भूभागको अवलोकन तथा घुम्न हामी सोी स्थानमा पुग्नुपर्नेमा प्रर्दशनीले उक्त बाध्यताको अन्त्य गरेको छ । राससले गरिको तस्बिर प्रदर्शनी । पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी माध्यम बनेको छ । हिमशृङ्खला जोगाउन र पर्यटन प्रवर्द्धनमा हामीले आवाज उठाउनु पर्छ ।”

त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले डा कोइरालालाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीबाट नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे जानकारी लिन उपयुक्त थलो बनेको बताउनुभयो । यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक