३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजावादीको प्रश्न -संसद् चाहिएको भए आन्दोलन किन?

२२ जेष्ठ २०८२, बुधबार १६:४७

काठमाडौँ । दोस्रो चरणको आन्दोलन घोषणा गर्न भन्दै राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको बैठकमा तनाव भएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नआएको भन्दै बैठकमा सहभागी कार्यकर्ताहरूले विरोध जनाउन थालेपछि बैठकस्थलमा केहीबेर तनाव भएको थियो ।

समितिका संयोजक नवराज सुवेदीले पहिलो चरणको आन्दोलनको समीक्षा र दोस्रो चरणका आन्दोलन घोषणा गर्ने भन्दै बैठक बोलाएका थिए । तर, बैठकको सुरुमै राप्रपा अध्यक्ष लिङ्देन संसद्‌मा व्यस्त रहेको जानकारी गराइयो । त्यसपछि कार्यकर्ताहरू होहल्ला गर्दै ‘संसद् चाहिएको भए किन आन्दोलन गर्नुपर्‍यो ?’ भन्न थाले ।

कार्यकर्ताहरू होहल्ला गर्न थालेपछि राप्रपा अध्यक्ष कमल थापाले भने, ‘ तपाईंहरू हल्ला गर्ने हो भने म बोल्दिन, जे मन लाग्यो त्यही गर्नुस् । यसरी बैठक चल्छ ?’

त्यसपछि समितिका संयोजक सुवेदीले सबै नेता कार्यकर्तालाई धन्यवाद दिए ।

‘यो सभालाई विसर्जन गर्नुभन्दा पहिले साथिहरू सबैलाई धन्यवाद दिन चाहन्छु,’ सुवेदीले होहल्लाकै बीचमा भने, ‘तपाईंहरूको उत्साह, जाँगर, विचारप्रतिको विश्वास देखेर म बुढो भए पनि म माथि झनै ऊर्जा थपिएको छ ।’

उनले आफूले नै राम्रा कार्यक्रम ल्याउने जानकारी गराउँदै आजको बैठक अन्त्य भएको घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय रास्वपासँग मुलभुत विषयमा फरक छैन, रास्वपा आफ्नो ढंगले जान्छ: प्रचण्ड केयुको ३०औँ दीक्षान्तमा एक हजार १२९ दीक्षित प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ साइबर अपराध मुद्दामा दुई युट्युबर फरार तस्बिर प्रदर्शनीले पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटलाई उजागर गर्छ: अध्यक्ष लम्साल ‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलहरुबीच सहकार्यमा जोड’ ‘एक सय रुपैयाँमै चलचित्र हेर्न पाइने’ इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा ‘रासस तस्बिर प्रदर्शनीबाट पर्वतीय पर्यटनको सम्भावना देखिन्छ’ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाए नेपाल कसैको मातहतमा रहेन–रहँदैन : प्रधानमन्त्री ओली अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक ‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल देश बनाउन दलका नेताहरुले कार्यशैली र सोंच परिवर्तन गर्न सक्नुपर्छ: थकाली रवीन्द्र मिश्र र धवल शमशेरविरुद्ध पक्राउ पुर्जी जारी हुने उच्चस्तरीय छानबिन समिति गठन गर्न माग फाइभजी विस्तारमा ८ अर्ब लगानी आवश्यक, तत्काल सम्भव छैन : एनसेल हवाई सुरक्षामा सरकारको ध्यानाकर्षण