2026-07-29 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकता विधेयकलाई यथाशीघ्र अघि बढाउनुपर्छ : गृहमन्त्री लेखक

काठमाडौँ | गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकलाई चाँडो टुङ्ग्याउन राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्नुभएको छ ।

आज सिंहदरबारमा बसेको यस समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ता सांसदहरुसँगको छलफलपछि मन्त्री लेखकले विधेयकको संवेदनशीलतालाई ध्यान राख्दै विधेयकअघि बढाउन जोड दिनुभयो ।

“यो अत्यन्त महत्वपूर्ण, गम्भीर विषय भएका हुनाले यसलाई चाँडोभन्दा चाँडो समितिले संशोधनकर्ता सदस्यसँग छलफल गरेर समिति आफैले पनि के गर्ने हो चाँडो भन्दा चाँडो धारणा र निर्णय प्रक्रियालाई अघि बढाउनुहोस् । सरकारले यसमा समितिसँग सल्लाह गरेर अघि बढन तयार छ”, उहाँले भन्नुभयो ।

समितिका सभापति रामहरि खतिवडाले ब्रिटिश गोर्खामा काम गर्ने र गैर आवासीय नेपाली(एनआरएन)को नागरिकताकासम्बन्धी विधेयकमा के कस्तो व्यवस्था राख्ने भन्नेमा गृह मन्त्रालयको स्पष्ट धारणा आउनुपर्ने जनाउँदै मन्त्री लेखकको ध्यानार्कषण गराउनुभयो । मन्त्री लेखकले इलाका प्रशासन कार्यालयमार्फत पनि नागरिकताको व्यवस्थापन अघि बढाइएको तर कतिपय यस्ता कार्यालयमा नायब सुब्बस्तरका कर्मचारी प्रमुख भएका कारण विधेयकमा उक्त व्यवस्था समावेश गरिएको समितिलाई स्पष्ट पार्नुभयो ।

“अधिकांशमा शाखा अधिकृत हुनुहुन्छ, कुनै कुनै ठाउँमा नायब सुब्बास्तरका कर्मचारी इलाका प्रशासनको प्रमुख भएर बस्नुहुन्छ । त्यस्तो स्थिति भएका हुनाले कार्यालय प्रमुख भन्ने व्यवस्था राखिएको हो”, उहाँले भन्नुभयो । मन्त्री लेखकले देशभरका जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा टोकन प्रणाली लागू गरिएको र सेवाग्राहीलाई कम समयमा सहज सेवा प्रवाह गर्ने काम भइरहेको समितिलाई जानकारी दिनुभयो ।

प्रतिनिधिसभा अन्तरगतको यस समितिको आजको बैठकमा संशोधनकर्ता सांसदहरु डिकबहादुर लिम्बू, सोबिता गौतम र भानुभक्त जोशी लगायतले ब्रिटिस गोर्खाका सन्तानलाई नागरिकताको छुट्टै व्यवस्था विधेयकमा समेटिनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो ।

ब्रिटिश गोर्खाका सन्तानलाई नेपाली वंशजको नारिकता प्राप्त गर्न चाहेमा बाधा नपुग्ने व्यवस्था गर्न सांसद डिकबहादुर लिम्बू र भानुभक्त जोशीले सुझाव दिनुभयो । सांसद लिम्बूले भन्नुभयो, “नेपाली वंशजको नागरिकता प्राप्त गरेका ब्रिटिश सेनामा काम गरी योगदान गरेबापत ब्रिटिश आवासीय भिसा वा अङ्गिकृत नागरिकता प्राप्त गरे तापनि उनीहरुको सन्तानले प्राप्त गरेको नेपाली वंशजको नागरिकता कायम रहने व्यवस्था गरौंँ ।”

यस्तै, नागरिकताको प्रमाणपत्र गर्न तोकिएको अधिकारले आफूलाई प्राप्त अधिकार कुनै अधिकृत कर्मचारीलाई प्रयोजन गर्न सक्ने पुरानो व्यवस्थामा संशोधन नगर्न संशोधनकर्ताले सुझाव दिनुभयो । विधेयकमा थपिएको, कार्यालय प्रमुख भई काम गर्ने कम्तीमा राजपत्र अनङ्कित प्रथम श्रेणीको कर्मचारीलाई प्रत्योजन गर्ने व्यवस्थालाई खारेज गर्न संशोधनकर्ताले संशोधन प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ मुग्लिन-नारायणगढ सडकखण्ड करिब चार घण्टापछि पुनः दुईतर्फी सञ्चालनमा सुर्खेतमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ