३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नागरिकता विधेयकलाई यथाशीघ्र अघि बढाउनुपर्छ : गृहमन्त्री लेखक

२३ जेष्ठ २०८२, बिहीबार १३:५३

काठमाडौँ | गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकलाई चाँडो टुङ्ग्याउन राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गर्नुभएको छ ।

आज सिंहदरबारमा बसेको यस समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ता सांसदहरुसँगको छलफलपछि मन्त्री लेखकले विधेयकको संवेदनशीलतालाई ध्यान राख्दै विधेयकअघि बढाउन जोड दिनुभयो ।

“यो अत्यन्त महत्वपूर्ण, गम्भीर विषय भएका हुनाले यसलाई चाँडोभन्दा चाँडो समितिले संशोधनकर्ता सदस्यसँग छलफल गरेर समिति आफैले पनि के गर्ने हो चाँडो भन्दा चाँडो धारणा र निर्णय प्रक्रियालाई अघि बढाउनुहोस् । सरकारले यसमा समितिसँग सल्लाह गरेर अघि बढन तयार छ”, उहाँले भन्नुभयो ।

समितिका सभापति रामहरि खतिवडाले ब्रिटिश गोर्खामा काम गर्ने र गैर आवासीय नेपाली(एनआरएन)को नागरिकताकासम्बन्धी विधेयकमा के कस्तो व्यवस्था राख्ने भन्नेमा गृह मन्त्रालयको स्पष्ट धारणा आउनुपर्ने जनाउँदै मन्त्री लेखकको ध्यानार्कषण गराउनुभयो । मन्त्री लेखकले इलाका प्रशासन कार्यालयमार्फत पनि नागरिकताको व्यवस्थापन अघि बढाइएको तर कतिपय यस्ता कार्यालयमा नायब सुब्बस्तरका कर्मचारी प्रमुख भएका कारण विधेयकमा उक्त व्यवस्था समावेश गरिएको समितिलाई स्पष्ट पार्नुभयो ।

“अधिकांशमा शाखा अधिकृत हुनुहुन्छ, कुनै कुनै ठाउँमा नायब सुब्बास्तरका कर्मचारी इलाका प्रशासनको प्रमुख भएर बस्नुहुन्छ । त्यस्तो स्थिति भएका हुनाले कार्यालय प्रमुख भन्ने व्यवस्था राखिएको हो”, उहाँले भन्नुभयो । मन्त्री लेखकले देशभरका जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा टोकन प्रणाली लागू गरिएको र सेवाग्राहीलाई कम समयमा सहज सेवा प्रवाह गर्ने काम भइरहेको समितिलाई जानकारी दिनुभयो ।

प्रतिनिधिसभा अन्तरगतको यस समितिको आजको बैठकमा संशोधनकर्ता सांसदहरु डिकबहादुर लिम्बू, सोबिता गौतम र भानुभक्त जोशी लगायतले ब्रिटिस गोर्खाका सन्तानलाई नागरिकताको छुट्टै व्यवस्था विधेयकमा समेटिनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो ।

ब्रिटिश गोर्खाका सन्तानलाई नेपाली वंशजको नारिकता प्राप्त गर्न चाहेमा बाधा नपुग्ने व्यवस्था गर्न सांसद डिकबहादुर लिम्बू र भानुभक्त जोशीले सुझाव दिनुभयो । सांसद लिम्बूले भन्नुभयो, “नेपाली वंशजको नागरिकता प्राप्त गरेका ब्रिटिश सेनामा काम गरी योगदान गरेबापत ब्रिटिश आवासीय भिसा वा अङ्गिकृत नागरिकता प्राप्त गरे तापनि उनीहरुको सन्तानले प्राप्त गरेको नेपाली वंशजको नागरिकता कायम रहने व्यवस्था गरौंँ ।”

यस्तै, नागरिकताको प्रमाणपत्र गर्न तोकिएको अधिकारले आफूलाई प्राप्त अधिकार कुनै अधिकृत कर्मचारीलाई प्रयोजन गर्न सक्ने पुरानो व्यवस्थामा संशोधन नगर्न संशोधनकर्ताले सुझाव दिनुभयो । विधेयकमा थपिएको, कार्यालय प्रमुख भई काम गर्ने कम्तीमा राजपत्र अनङ्कित प्रथम श्रेणीको कर्मचारीलाई प्रत्योजन गर्ने व्यवस्थालाई खारेज गर्न संशोधनकर्ताले संशोधन प्रस्तुत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविमा अध्ययन बिदा रहेका १८७ शिक्षक/कर्मचारी बिदामै कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछः सभापति देउवा बाढीपहिरोको समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण भारत र चीनले प्रत्यक्ष उडान पुनः सुरु गर्न ‘तीव्रता’ ल्याउने इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय रास्वपासँग मुलभुत विषयमा फरक छैन, रास्वपा आफ्नो ढंगले जान्छ: प्रचण्ड केयुको ३०औँ दीक्षान्तमा एक हजार १२९ दीक्षित प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ साइबर अपराध मुद्दामा दुई युट्युबर फरार तस्बिर प्रदर्शनीले पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटलाई उजागर गर्छ: अध्यक्ष लम्साल ‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलहरुबीच सहकार्यमा जोड’ ‘एक सय रुपैयाँमै चलचित्र हेर्न पाइने’ इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छः परराष्ट्रमन्त्री डा राणा ‘रासस तस्बिर प्रदर्शनीबाट पर्वतीय पर्यटनको सम्भावना देखिन्छ’ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाए नेपाल कसैको मातहतमा रहेन–रहँदैन : प्रधानमन्त्री ओली अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छ : गृहमन्त्री लेखक ‘महाभोज’ अन्यायमा परेका पीडितको आवाज होः अभिनेत्री भुसाल देश बनाउन दलका नेताहरुले कार्यशैली र सोंच परिवर्तन गर्न सक्नुपर्छ: थकाली