2026-09-14 01:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परिकल्पना गरेअनुसार पूर्वाधार विकास भइरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ ।  उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा वर्तमान सरकारले परिकल्पना गरेअनुसार काम भइरहेको बताउनु भएको छ ।
आज गोदावरी नगरपालिका–३ चौकीडाँडामा एसियाली विकास बैङ्कको ऋण सहयोगमा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन प्रणालीको उद्घाटन  कार्यक्रममा उहाँले देशभरको पूर्वाधार विकास निर्माणमा सङ्घीय सरकार, स्थानीय तह र दातृनिकायको सहयोगमा उल्लेख्य काम भइरहेको बताउनुभयो ।
सरकारले नयाँ सहर निर्माणका लागि एकीकृत सहरी खाका तयार गरी अघि बढिरहेको उहाँले बताउनुभयो । उहाँले देशका १८५ वटा नगरपालिकाको एकीकृत सहरी योजना तयार पारिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार तराई मधेसका सहरको आर्थिक अवस्था चलायमान बनाउन सहरी विकास मन्त्रालयले सो क्षेत्रका नगरपालिकामा एक हजार किलोमिटर बढी सडक र ढल निर्माण गरिरहेको छ ।
उपप्रधानमन्त्री सिंहले मन्त्रालयले आवास विहीनका लागि जनता आवास निर्माण र सुरक्षित आवास निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
सुदूरपश्चिममा उक्त परियोजना नमूनाको रूपमा रहेको बताउँदै उहाँले एकीकृत फोहोरमैला व्यवस्थापन, दिसाजन्य पदार्थ प्रशोधन प्रणालीले गोदावरी नगरपालिकालाई सफा र व्यवस्थित सहरका रूपमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
एसियाली विकास बैङ्क (एडिबी)को ऋण अनुदान सहयोग र नेपाल सरकारको सहकार्यमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीको संयोजनमा निर्माण गरिएको सो केन्द्र रु ५२ करोड ८४ लाखको लागतमा सम्पन्न भएको हो ।
उक्त परियोजनामा ७५ प्रतिशत रकम एडिबीको ऋण र बाँकी २५ प्रतिशत नेपाल सरकारको लगानी छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का चीनको सिचुवान प्रोभेन्सियल जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सलाई दिइएको थियो । भण्डै पाँच हेक्टर क्षेत्रफलमा फैलिएको सो केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीकै व्यवस्थापनमा रहनेछ भने उक्त अवधिपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।
सो केन्द्रले दैनिक १३.५ टन फोहोर व्यवस्थापन र प्रतिदिन १३ घनमिटर दिसाजन्य फोहोर प्रशोधन गर्ने सहरी विकास भवन निर्माण विभागका महानिर्देशक बज्रकाजी महर्जनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ