2026-10-07 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाःसीमा प्रशासनलाई सुदृढ गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभाको बैठक आकस्मिक समयमा सांसद नरबहादुर विष्टले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा ‘भिजिट भिसा’का नाममा नागरिकमाथि गरिएको ठगीको अनुसन्धानका लागि छानबिन समिति गठन गर्न माग गर्नुभयो ।
यसैगरी बैठकको शून्य समयमा सांसद मनरुपा शर्माले ‘भिजिट भिसा’  प्रकरणलाई निष्पक्ष छानबिन गर्न गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो । सांसद घनश्याम रिजालले आगामी आवको बजेट वक्तव्यमा उल्लेख गरिएको सुनको गहनामा लाग्ने विलासिता कर फिर्ता लिन सरकारसँग माग गर्नुभयो ।
सांसद रुक्मिणी कोइरालाले झापाका विभिन्न पालिकामा जङ्गली हात्ती आतङ्क बढेको जनाउँदै हात्ती नियन्त्रणको योजना ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रेणु चन्दले सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटनको गन्तव्य घोषणा गर्न माग गर्नुभयो ।
सांसद विष्णुकुमारी सापकोटाले प्लाष्टिकको जथाभावी प्रयोगले वातावरण प्रदूषण बढ्दै गएको उल्लेख गर्दै प्लाष्टिक प्रदूषण रोक्नका लागि विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद विष्णुबहादुर विश्वकर्माले प्रदेश सरकारले निर्माण गरेको ऐन, कानुन कार्यान्वयन नगर्न सङ्घीय सरकारले पत्राचार गर्नुले सङ्घीयतामाथि बेवास्ता गरेको बताउनुभयो ।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले बाँकेको जमुनाहा नाकामा रहेको ‘एक्स्रे’ मेसिन बिग्रेको हुँदा अवैध हातहतियार र लागुऔषध ओसारपसार बढ्न सक्ने औँल्याउँदै भन्सार र सीमा प्रशासनलाई सुदृढ गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सावित्री मल्लले आगामी आवको बजेट वक्तव्यमा राष्ट्र सेवक कर्मचारीलाई बेवास्ता गरिएको जनाउँदै अस्थायी, ज्यालादारी र करारका कर्मचारीलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’