2026-10-07 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सभाको बैठकमा बजेटमाथि छलफल

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको छ ।

बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बजेटमा सवल र दुर्वलपक्ष दुवै भएको र समाजवादको आधार कृषि उत्पादन भएकाले सम्पूर्ण जमिन राष्ट्रियकरण हुनुपर्ने धारणा राख्नुभयो ।

सदस्य सुमित्रा विसीले बजेटका धेरै राम्रा पक्ष भएको र स्वास्थ्यमा लगानी वृद्धि, स्वास्थ्य बिमाका बारेमा सुधार भइरहेको बताउनुभयो । उहाँले प्राकृतिक चिकित्साको क्षेत्र र राष्ट्रिय गौरवका योजनामा तुलनात्मक रुपमा राम्रो बजेट विनियोजन भएको बताउनुभयो ।

सदस्य विष्णुबहादुर विश्वकर्माले बजेटमा दलितका लागि कार्यक्रम आए पनि दलितका हितमा नदेखिएको बताउनुभयो । सदस्य नारायणदत्त भट्टले बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । सदस्य उदयबहादुर बोहोराले बजेट आफैँमा सरकारको काम गर्ने प्रतिबद्धता भएकाले रोजगार केन्द्रित कार्यक्रम समावेश भएकाले शिथिल अर्थतन्त्र उकास्ने खालको भएको बताउनुभयो ।

सदस्य कृष्णप्रसाद अधिकारीले आर्थिक वृद्धिदरलाई जोड दिनुपर्ने र मुलुकको आर्थिकस्तर उकास्न २० अर्ब राजस्व उठाउन सक्नुपर्नेमा जोड दिनुभयो । सदस्य विष्णुदेवी पुडासैनीले समाजवादको दिशामा अघि बढ्ने, नेपालको जल्दोबल्दो समस्या समाधान गर्ने खालको बजेट भएको र शिक्षित युवालाई स्वरोजगार बनाउने कार्यक्रम भएकामा प्रशंसा गर्नुभयो ।

सदस्य गोमादेवी तिमिल्सिनाले बजेट राम्रो भए पनि कार्यान्वयनमा कठिनाई हुने र प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग अनुरोध गर्दै कृषिमा आत्मनिर्भरता तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

अर्का सदस्य भुवनबहादुर सुनुवारले सरकारले छुवाछुत तथा भेद्भावविरुद्ध अभियान सञ्चालन गर्ने भनिएको कार्यक्रम स्वागतयोग्य भएको र यो दिवसका अवसरमा सार्वजनिक बिदा दिन माग गर्नुभयो । सदस्य पदमबहादुर परियारले ४० माइक्रोनभन्दा पालतो प्लाष्टिक आगामी मङ्सिर १ गतेदेखि प्रयोग गर्न नपाउने व्यवस्था लागू गर्न खोज्नु राम्रो भएको र जातीय विभेद न्यूनीकरण गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

सदस्य रेणु चन्दले बजेट नागरिकमैत्री बनाउन जोड नदिएको आरोप लगाउनुभयो । सदस्य गङ्गाकुमारी बेल्बासेले लैङ्गिकमैत्री बजेट भए पनि कार्यान्वयनमा जटिलता देखिएको बताउनुभयो । सदस्य तुलसाकुमारी दाहालले फराकिलो आर्थिक विकास, आधुनिक प्रविधिको प्रयोग, भौतिक पूर्वाधारको विकास, सुशासन कायम गर्ने खालको लोकतान्त्रिक मूल्यमान्यतामा आधारित बजेट वृद्धि गरिएको बताउनुभयो ।

आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भोलि हुनेछ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २३ गते शुक्रबार १ः१५ बजे बस्नेछ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’