८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सभाको बैठकमा बजेटमाथि छलफल

२३ जेष्ठ २०८२, बिहीबार १७:००

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएको छ ।

बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बजेटमा सवल र दुर्वलपक्ष दुवै भएको र समाजवादको आधार कृषि उत्पादन भएकाले सम्पूर्ण जमिन राष्ट्रियकरण हुनुपर्ने धारणा राख्नुभयो ।

सदस्य सुमित्रा विसीले बजेटका धेरै राम्रा पक्ष भएको र स्वास्थ्यमा लगानी वृद्धि, स्वास्थ्य बिमाका बारेमा सुधार भइरहेको बताउनुभयो । उहाँले प्राकृतिक चिकित्साको क्षेत्र र राष्ट्रिय गौरवका योजनामा तुलनात्मक रुपमा राम्रो बजेट विनियोजन भएको बताउनुभयो ।

सदस्य विष्णुबहादुर विश्वकर्माले बजेटमा दलितका लागि कार्यक्रम आए पनि दलितका हितमा नदेखिएको बताउनुभयो । सदस्य नारायणदत्त भट्टले बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । सदस्य उदयबहादुर बोहोराले बजेट आफैँमा सरकारको काम गर्ने प्रतिबद्धता भएकाले रोजगार केन्द्रित कार्यक्रम समावेश भएकाले शिथिल अर्थतन्त्र उकास्ने खालको भएको बताउनुभयो ।

सदस्य कृष्णप्रसाद अधिकारीले आर्थिक वृद्धिदरलाई जोड दिनुपर्ने र मुलुकको आर्थिकस्तर उकास्न २० अर्ब राजस्व उठाउन सक्नुपर्नेमा जोड दिनुभयो । सदस्य विष्णुदेवी पुडासैनीले समाजवादको दिशामा अघि बढ्ने, नेपालको जल्दोबल्दो समस्या समाधान गर्ने खालको बजेट भएको र शिक्षित युवालाई स्वरोजगार बनाउने कार्यक्रम भएकामा प्रशंसा गर्नुभयो ।

सदस्य गोमादेवी तिमिल्सिनाले बजेट राम्रो भए पनि कार्यान्वयनमा कठिनाई हुने र प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग अनुरोध गर्दै कृषिमा आत्मनिर्भरता तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

अर्का सदस्य भुवनबहादुर सुनुवारले सरकारले छुवाछुत तथा भेद्भावविरुद्ध अभियान सञ्चालन गर्ने भनिएको कार्यक्रम स्वागतयोग्य भएको र यो दिवसका अवसरमा सार्वजनिक बिदा दिन माग गर्नुभयो । सदस्य पदमबहादुर परियारले ४० माइक्रोनभन्दा पालतो प्लाष्टिक आगामी मङ्सिर १ गतेदेखि प्रयोग गर्न नपाउने व्यवस्था लागू गर्न खोज्नु राम्रो भएको र जातीय विभेद न्यूनीकरण गर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

सदस्य रेणु चन्दले बजेट नागरिकमैत्री बनाउन जोड नदिएको आरोप लगाउनुभयो । सदस्य गङ्गाकुमारी बेल्बासेले लैङ्गिकमैत्री बजेट भए पनि कार्यान्वयनमा जटिलता देखिएको बताउनुभयो । सदस्य तुलसाकुमारी दाहालले फराकिलो आर्थिक विकास, आधुनिक प्रविधिको प्रयोग, भौतिक पूर्वाधारको विकास, सुशासन कायम गर्ने खालको लोकतान्त्रिक मूल्यमान्यतामा आधारित बजेट वृद्धि गरिएको बताउनुभयो ।

आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भोलि हुनेछ । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २३ गते शुक्रबार १ः१५ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भित्रियो मनसुन: कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना प्रतिनिधिसभाको बैठक बस्दै सुनचाँदी बजारः सुन बढ्यो, चाँदी घट्यो नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको : विष्णु रिजाल बस्तीलाई भू–स्खलनबाट जोगाउन महिला सक्रिय चितवनमा भएको दुर्घटनामा मृत्यु हुनेमा एकै घरका ३ सदस्य,जसमा १ गर्भवती महिला सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु प्रतिनिधिसभा: १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी प्रतिनिधिसभमा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते गाजा युद्धले बाल स्वास्थ्यमा गम्भीर असर : युएन ‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’: प्रदेश मन्त्री राय नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीहरू संसदप्रति जिम्मेवार नभएको भन्दै आपत्ति इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ, थप गिरफ्तारीको आशंका सभापति देउवाद्वारा दुःख व्यक्त रास्वपाका सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिए