३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वातावरणमैत्री विकासमा जोड दिन आग्रह

२३ जेष्ठ २०८२, बिहीबार १८:११

काठमाडौँ | राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणको संवैधानिक तथा कानुनी हकको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेको छ ।

आयोगले वातावरणसम्बन्धी गरेका सिफारिस कार्यान्वयनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारको समन्वयात्मक पहल हुन, दिगो विकासका मापदण्ड पालना गर्दै मानव अधिकारमुखी विकास पद्धतिमा जोड दिएको हो ।

“प्रकृतिको अनियन्त्रित दोहन एवम् वातावरण प्रदूषण रोक्ने सम्बन्धमा प्रभावकारी र अर्थपूर्ण कार्यक्रम, प्लाष्टिकजन्य प्रदूषण कम गर्ने कार्यक्रम ल्याउन निजी क्षेत्रले आफ्ना पेशा व्यवसाय सञ्चालन गर्दा वातावरण प्रदूषणको मापदण्ड पालना गर्न जरुरी छ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “वातावरणीय प्रदूषण र ह्रासबाट हुने क्षतिवापत पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति भराउने संवैधानिक व्यवस्थाको सुनिश्चितता गर्न तथा वातावरण प्रदूषणमा संलग्न सबैलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।”

आज ५३ औँ विश्व वातावरण दिवस (जुन, ५) मनाइदैछ । नेपालमा पनि यो दिवस हरेक वर्ष विभिन्न कार्यक्रम गरी महत्वका साथ मनाइँदै आइएको छ ।

नेपालको संविधानको धारा ३० मा स्वच्छ वातावरणको हकलाई मौलिक हकको रुपमा उल्लेख गर्दै प्रत्येक नागरिकलाई स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको व्यवस्था गरिएको छ । वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ मा वायु प्रदूषणबाट हुने असर न्यूनीकरण वानिराकरण गर्नका लागि आवश्यक मापदण्ड निर्धारण गर्न सक्ने उल्लेख छ ।

नेपालपक्ष राष्ट्र रहेको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तरराष्ट्रिय महासन्धि, १९६६ को व्यवस्थाबमोजिम वातावरणीय अधिकारको सुनिश्चितता गर्दै वातावरणीय प्रदूषणबाट हुने खतरा र जोखिमहरुबाट नागरिकलाई जोगाउनु राज्यको दायित्व हुन्छ ।

नेपालमा प्राकृतिक स्रोतको अनियन्त्रित दोहनका कारण वातावरणमा नकारात्मक प्रभाव पर्दै गएको र यसबाट अत्यधिक वर्षा, बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटनाहरु बढ्दै गइरहेको अवस्था छ ।

विज्ञप्तिमा भनिएको छ, “स्वच्छ हावामा बाँच्न पाउनु व्यक्तिको आधारभुत मानव अधिकार हो, तर काठमाडाँैलगायत देशका विभिन्न ठाउँमा हरेक वर्ष वायु प्रदूषणको तह अत्यधिक बढ्दा नागरिकको स्वास्थ्यमा असर परेका तथ्यहरु सार्वजनिक हुँदै आएका छन् ।”

नेपालमा स्थापना गरिएका वायु गुणस्तर अनुमगन केन्द्र केही मात्र सञ्चालनमा रहेको तथा वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ को प्रभावकारी कार्यान्वयन र प्लाष्टिकजन्य वस्तुको अनियन्त्रित प्रयोगलाई निरुत्साहित गर्न सम्बद्ध मन्त्रालयहरु नै उदासिन देखिएको पाइएको आयोगको भनाइ छ ।

आयोगले वातावरणीय समस्याहरुको न्यूनीकरण तथा समाधान गर्ने एवम् सुरक्षित, स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकारको संरक्षण गर्नु तीन वटै तहका सरकारको दायित्व हुन्छ । साथै, आफ्ना उद्योग, व्यवसाय सञ्चालनगर्दा वातावरणीय पक्षलाई समेत ध्यानदिनु निजी क्षेत्रको समेत कर्तव्य हुने आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छः मन्त्री पौडेल संवैधानिक परिषद् विधेयक पारित पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका विदेश भ्रमणबारे संसदीय समितिलाई जानकारी गराइयो बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको छः मन्त्री अधिकारी त्रिविमा अध्ययन बिदा रहेका १८७ शिक्षक/कर्मचारी बिदामै कांग्रेसले समावेशी लोकतन्त्रको व्यावहारिक अभ्यास गर्नेछः सभापति देउवा बाढीपहिरोको समस्या समाधानका निम्ति सरकारको ध्यानाकर्षण भारत र चीनले प्रत्यक्ष उडान पुनः सुरु गर्न ‘तीव्रता’ ल्याउने इञ्जिनियर मल्लको लोभलाग्दो मौरीपालन व्यवसाय रास्वपासँग मुलभुत विषयमा फरक छैन, रास्वपा आफ्नो ढंगले जान्छ: प्रचण्ड केयुको ३०औँ दीक्षान्तमा एक हजार १२९ दीक्षित प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ साइबर अपराध मुद्दामा दुई युट्युबर फरार तस्बिर प्रदर्शनीले पर्वतीय क्षेत्रमा परेको जलवायु सङ्कटलाई उजागर गर्छ: अध्यक्ष लम्साल ‘लोकतन्त्रका लागि सङ्घर्ष गरेका दलहरुबीच सहकार्यमा जोड’ ‘एक सय रुपैयाँमै चलचित्र हेर्न पाइने’ इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द