३१ जेष्ठ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइतबार दिउँसो एक बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

२४ जेष्ठ २०८२, शुक्रबार १५:३१

काठमाडौँ | सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक यही जेठ २५ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक चलाउन सहमति नजुटेपछि आइतबार दिउँसो एक बजेसम्मका लागि स्थगित गरिएको सङ्घीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

आजको बैठकमा प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्नेलगायत तीन बुँदे मागलाई यथावत् राख्ने निष्कर्ष निकालेपछि सूचना टाँस गरेर आइतबार दिउँसो एक बजे बस्ने गरी तोकिएको हो ।

संसद्मा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) एवं प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) को आज संसद् भवन सिंहदरबारमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म बैठक चल्न नदिने यसअघिको निर्णयलाई यथावत् राख्ने निष्कर्ष निकालेको थियो । त्यसलगत्तै सभामुख घिमिरेले अर्को बैठक आइतबार बस्ने गरी तोक्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अहमदावाद दुर्घटनाः ब्ल्याक बक्स भेटियो भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीको आईपीओ नरोक्न अर्थ समितिको निर्देशन गृहमन्त्री भने – नियोजित र राजनीतिक आक्रमण गर्न खोजिएको हो माइतीघरबाट नेकपा बहुमत निकट ७ विद्यार्थी पक्राउ माओवादीको साथ पाएपछि पेलेर अघि बढे सभामुख पुँजीको पहुँच र उद्यमीहरूको विकासमा राष्ट्र बैंकले सहजीकरण गर्छ : गभर्नर पौडेल प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाको विरोध, टेबुल ठटाउँदै उठे टाइफुन वुटिप नजिकिँदै जाँदा चीनको हाइनानमा दशौँ हजारलाई सुरक्षित स्थानमा सारियो संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा मध्यपूर्वमा सैन्य गतिविधिको निन्दा द्वन्द्व नबढाऊः इजरायलको इरानमाथि आक्रमणप्रति विश्वको प्रतिक्रिया संसद् चलाउन सत्तापक्ष र विपक्षी दलबीच सहमति ९० वर्षीय वृद्धद्वारा श्रीमतीको हत्या, “आफू मरेपछि दु:ख नहोस् भनेर मारेँ” बयान आर्थिक सर्वेक्षण प्रस्तुत पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छः मन्त्री पौडेल संवैधानिक परिषद् विधेयक पारित पोर्चुगलमा लोकप्रिय नेपालीको रेष्टुरेन्ट उत्कृष्ट अवार्ड जित्न सफल प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका विदेश भ्रमणबारे संसदीय समितिलाई जानकारी गराइयो बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्था सच्चिन्छः ऊर्जामन्त्री खड्का कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असार १५ मा बस्ने