८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वासिलो छानबिनको वातावरण बन्यो भने संसद्को अवरोध खुल्छ: प्रचण्ड

२४ जेष्ठ २०८२, शुक्रबार १५:५९

प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को अवरोध हटाउन गृहमन्त्रीको राजीनामा प्राथमिक विषय नरहेको संकेत गरेका छन् ।
संसद् भवन नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठकपछि माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले विश्वासिलो छानबिनको वातावरण बने संसद्को अवरोध खुल्ने बताए ।

“हामी प्रतिपक्षीहरू बस्यौँ । प्रतिपक्षीहरूबीच छानबिन महत्त्वपूर्ण कुरा हो । विश्वासिलो छानबिनको वातावरण बन्यो भने यो विषय अघि बढाउन सकिन्छ भन्ने भएको छ,” प्रचण्डले भने, “प्रतिपक्षीहरूबाट शेरबहादुर देउवासँगै छलफल गर्नुपर्छ कि भन्ने भएको छ ।”

यसअघि सत्तारुढ नेपाली कांग्रेसका नेताहरूले प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए । उपसभापति पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, प्रमुख सचेतक श्याम घिमिरेलगायत र प्रतिपक्षीबीच छलफलपछि शुक्रबारको बैठक सूचना टाँसेर स्थगित गर्ने सहमति भएको थियो ।

प्रचण्डले एक–दुई दिनभित्र सकारात्मक रूपमा समस्या टुंगिने विश्वास व्यक्त गरे । सत्तापक्षले अख्तियारको छानबिन जारी रहँदा अन्य छानबिन नबनाउने कि भन्ने आशय राखेको उनले बताए । यद्यपि, छानबिन गर्ने विषयमा सहमत भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने ‘संसद्मा नीतिगत भन्दा प्राविधिक बहस बढी’ सर्वोच्चको प्रस्तावित न्यायाधीश मेघराज पोखरेलविरुद्ध संसदीय समितिमा उजुरी दर्ता इरानको क्षेप्यास्त्र प्रहारबाट इजरायलको भवनमा आगलागी, १६ जना घाइते एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङगारपुर ६ विकेटले पराजित लक्ष्यभन्दा आधा पनि उठ्न सकेन बाह्य ऋण, मन्थलीको वडा नं. ६ र ७ जोड्ने निर्माणाधीन पुल दोस्रोपटक भत्कियो सांसदसँग रासस संवादः स्वास्थ्य सेवा र शिक्षा निःशुल्क गर्नुपर्छः डा सुनीलकुमार शर्मा राष्ट्रपति कार्यालयसहित विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल जारी संसदबाट बाहिरियो राप्रपा, रास्वपाको वेल घेराउ जारी सांसद अमरेशको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसद्मा छलफल तातेको राष्ट्रपति कार्यालयसहित मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ अमेरिकी आक्रमणपछि महासचिव गुटेरेसको चिन्ता: “स्थिति गम्भीर, कूटनीति नै समाधान” इजरायल र अमेरिकाको संयुक्त कदम, अमेरिकाद्वारा इरानका तीन आणविक केन्द्रमा आक्रमण अमेरिकी आक्रमणले इरानका आणविक स्थलहरू ‘पूर्ण रूपमा ध्वस्त’ : ट्रम्प उच्चस्तरीय शासकीय सुधार आयोगको बैठक हुँदै काठमाडौं — दिल्ली इकोनोमिक क्लास टिकट महँगो: सांसद महासेठको चिन्ता एसिसी पुरुष यु–१६ : नेपालसामु सिङ्गापुरद्वारा एक सय ३९ रनको लक्ष्य अवरुद्ध कालीगण्डकी करिडोर अझै खुलेन साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त