२ असार २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुशासन कायम गर्नसके राजस्व बढ्छ

२४ जेष्ठ २०८२, शुक्रबार १६:२६
काठमाडौँ । मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नसके सरकारी राजस्व बढ्ने धारणा यस क्षेत्रका जानकारहरुले राखेका छन् ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘सुशासन र राजस्व वृद्धिका उपाय’ विषयक कार्यक्रमका वक्ताहरुले सरकारले आफ्नो वार्षिक लक्ष्यअनुसार राजस्व उठाउन नसक्नुमा सुशासन कायम हुन नसक्नु पनि मुख्य कारक रहेको धारणा राखेका हुन् ।
राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले खर्चको तुलनामा राजस्व निकै कमजोर रहेको बताउनुभयो । “खर्चको आवस्यकता दिन प्रतिदिन बढेको छ तर, राजस्व उत्साहजनक छैन । पछिल्लो एक दशकमा औसत राजस्व वृद्धिदर १२ प्रतिशत हाराहरी मात्रै देखिन्छ”, उहाँले भन्नुभयो ।
नेपालमा आयकरलगायत विभिन्न शीर्षकका करका दर अरु देशहरुको तुलनामा बढी रहेको उल्लेख गर्नुहुँदै डा श्रेष्ठले अब करको दरभन्दा पनि दायरा बढाउन सक्नुपर्ने बताउनुभयो । बढी कर लगायो भने आर्थिक गतिविधि कमजोर हुन सक्छन् । “अब कर बढाउने ठाउँ छैन । करको दायरा बढाएर अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनुपर्नेछ”, उहाँले भन्नुभयो । कर प्रशासनको क्षमता बढाउने र कर तिर्ने प्रक्रियालाई सरल तथा सहज बनाउन पनि उत्तिकै आवश्यक रहेको डा श्रेष्ठले बताउनुभयो ।
अर्थमन्त्रालयका सहसचिव महेश बरालले राजस्व प्रशासनमा सुशासन अतिआवश्यक रहेको बताउनुभयो । राजस्व प्रशासन सुधारका लागि विभिन्न उच्चस्तरीय आयोग तथा समितिबाट आएका सुझाव कार्यान्वयनमा जोड दिइनुपर्ने धारणा उहाँले राख्नुभयो । भन्सार राजस्व बढाउन  खुला सीमाना चुनौतीका रुपमा देखिएको सहसचिव बरालको भनाइ छ ।
त्यस्तै, मूल्य अभिवृद्धि करमा बीलबिजक अनिवार्य बनाउने र त्यसलाई ¥याकिङ गर्नसक्ने हो भने यसबाट थप केही कर बढ्न सक्ने उहाँको भनाइ छ । आगामी आर्थिक वर्षका लागि सरकारले राजस्व बाँडफाँटमार्फत जाने रकमसमेत गरेर रु १४ खर्ब ८० अर्ब राजस्व उठ्ने अनुमान गरिएकामा यसलाई यथार्थपरक नै मान्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारीले अनौपचारिक अर्थतन्त्रको आकार ठूलो रहेको भनेर स्वयं राजस्व प्रशासनले स्वीकार गरेको उल्लेख गर्नुहुँदै त्यसलाई घटाउनुपर्ने र सरकारले विभिन्न शीर्षकमा दिने कर छुटलाई पुनरावलोकन गर्नुपर्ने बताउनुभयो ।
“हाम्रो समग्र आर्थिक विकासका लागि ठूलो स्रोत आवश्यकपर्ने अवस्था हुँदाहुँदै सरकारले विभिन्न शीर्षकमा राजस्व छुट दिने गरेको देखिन्छ । त्यस्तो राजस्व छुट दिने प्रवृत्ति कम गर्दै लगिनुपर्छ”, उहाँले भन्नुभयो । त्यस्तै झुटा तथा नक्कली बीलबिजक पेस गरेर राजस्व छल्ने प्रवृत्तिलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकेको अधिकारीको भनाइ छ ।
राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले विभागमार्फत चालू आर्थिक वर्षमा कर छलीका विभिन्न ४३ वटा मुद्दा दायर भएको र करिब रु एक अर्ब बराबर ढरौटी माग गरेको बताउनुभयो ।
त्यस्तै, कर छली गरेर ल्याइएका र विभागको नियन्त्रणमा रहेका मालवस्तु लिलालबाट यस वर्ष रू छ करोडभन्दा बढीको राजस्व सङ्कलन गरेको उहाँको भनाइ छ । पछिल्लो समय राजस्व अनुसन्धान विभागको औचित्य र अस्तित्वमा प्रश्न उठिरहेको बताउनुहुँदै उहाँले नियमनात्मक, प्रचारात्मक र उपचारात्मक ढङ्गले राजस्व चुहावट नियन्त्रणमा विभागले महत्वपूर्ण भूमिका निभाइरहेको दाबी गर्नुभयो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता शम्भु कार्कीले राजस्व चुहावटबारे आयोगमा उजुरी पर्नेक्रम बढेको बताउनुभयो । त्यस्तै आयोगमा परेका उजुरीसँगै अनुसन्धान र अभियोजनका सङ्ख्या पनि बढेको कार्कीको भनाइ छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रुसबाट थप एक हजार २०० व्यक्तिको मृत शरिर प्राप्त गरेको युक्रेनद्वारा जानकारी गण्डकीको बजेट : लाइसेन्स छपाइ प्रदेशमै, राइड सेयरिङ नियमनमा जोड इजरायल–इरान द्वन्द्व : पछिल्लो घटनाक्रम टिकटकमार्फत भ्रम फैलाउने युवती पक्राउ वरुणकान्तको ‘प्रकृतिको मन’को लोकार्पण भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु सालघारीको फडानी र चोरी नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन उखु उत्पादक किसानलाई रु १ अर्ब ६० करोड अनुदान उपलब्ध गराउन माग प्रतिनिधिसभाः बजेटका विविध पक्षमा सांसदहरूको समीक्षात्मक टिप्पणी बजेट पारित गर्न मधेस प्रदेश मन्त्रिपरिषद्को बैठक उच्च अदालत पाटनको आदेश: युनुश अन्सारीलाई थुनामा राख्नुको कारण पेश गर्न माग सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस एघार महिनामा ४० प्रतिशत विकास खर्च नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार कर्णालीको बजेटमा माओवादीको असहमति, प्रदेशसभा बैठक अन्योलमा बजेट सन्तुलित छ : अर्थमन्त्री पौडेलको दाबी औषधि नीति सुझाव समितिको प्रतिवेदनप्रति फार्मेसी सङ्घको समर्थन उत्पादन समूहको सेयर उकालो, कारोबार रकम भने घट्यो ‘राजस्व चुहावट नियन्त्रण गरी लक्ष्यअनुरुप राजस्व उठाउनुपर्छ’ विरोधकाबीच संसद् सञ्चालन नगर्न सांसदद्वारा सभामुखसमक्ष आग्रह