2026-10-07 11:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुशासन कायम गर्नसके राजस्व बढ्छ

काठमाडौँ । मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नसके सरकारी राजस्व बढ्ने धारणा यस क्षेत्रका जानकारहरुले राखेका छन् ।
तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको ‘सुशासन र राजस्व वृद्धिका उपाय’ विषयक कार्यक्रमका वक्ताहरुले सरकारले आफ्नो वार्षिक लक्ष्यअनुसार राजस्व उठाउन नसक्नुमा सुशासन कायम हुन नसक्नु पनि मुख्य कारक रहेको धारणा राखेका हुन् ।
राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले खर्चको तुलनामा राजस्व निकै कमजोर रहेको बताउनुभयो । “खर्चको आवस्यकता दिन प्रतिदिन बढेको छ तर, राजस्व उत्साहजनक छैन । पछिल्लो एक दशकमा औसत राजस्व वृद्धिदर १२ प्रतिशत हाराहरी मात्रै देखिन्छ”, उहाँले भन्नुभयो ।
नेपालमा आयकरलगायत विभिन्न शीर्षकका करका दर अरु देशहरुको तुलनामा बढी रहेको उल्लेख गर्नुहुँदै डा श्रेष्ठले अब करको दरभन्दा पनि दायरा बढाउन सक्नुपर्ने बताउनुभयो । बढी कर लगायो भने आर्थिक गतिविधि कमजोर हुन सक्छन् । “अब कर बढाउने ठाउँ छैन । करको दायरा बढाएर अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउनुपर्नेछ”, उहाँले भन्नुभयो । कर प्रशासनको क्षमता बढाउने र कर तिर्ने प्रक्रियालाई सरल तथा सहज बनाउन पनि उत्तिकै आवश्यक रहेको डा श्रेष्ठले बताउनुभयो ।
अर्थमन्त्रालयका सहसचिव महेश बरालले राजस्व प्रशासनमा सुशासन अतिआवश्यक रहेको बताउनुभयो । राजस्व प्रशासन सुधारका लागि विभिन्न उच्चस्तरीय आयोग तथा समितिबाट आएका सुझाव कार्यान्वयनमा जोड दिइनुपर्ने धारणा उहाँले राख्नुभयो । भन्सार राजस्व बढाउन  खुला सीमाना चुनौतीका रुपमा देखिएको सहसचिव बरालको भनाइ छ ।
त्यस्तै, मूल्य अभिवृद्धि करमा बीलबिजक अनिवार्य बनाउने र त्यसलाई ¥याकिङ गर्नसक्ने हो भने यसबाट थप केही कर बढ्न सक्ने उहाँको भनाइ छ । आगामी आर्थिक वर्षका लागि सरकारले राजस्व बाँडफाँटमार्फत जाने रकमसमेत गरेर रु १४ खर्ब ८० अर्ब राजस्व उठ्ने अनुमान गरिएकामा यसलाई यथार्थपरक नै मान्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारीले अनौपचारिक अर्थतन्त्रको आकार ठूलो रहेको भनेर स्वयं राजस्व प्रशासनले स्वीकार गरेको उल्लेख गर्नुहुँदै त्यसलाई घटाउनुपर्ने र सरकारले विभिन्न शीर्षकमा दिने कर छुटलाई पुनरावलोकन गर्नुपर्ने बताउनुभयो ।
“हाम्रो समग्र आर्थिक विकासका लागि ठूलो स्रोत आवश्यकपर्ने अवस्था हुँदाहुँदै सरकारले विभिन्न शीर्षकमा राजस्व छुट दिने गरेको देखिन्छ । त्यस्तो राजस्व छुट दिने प्रवृत्ति कम गर्दै लगिनुपर्छ”, उहाँले भन्नुभयो । त्यस्तै झुटा तथा नक्कली बीलबिजक पेस गरेर राजस्व छल्ने प्रवृत्तिलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकेको अधिकारीको भनाइ छ ।
राजस्व अनुसन्धान विभागका उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले विभागमार्फत चालू आर्थिक वर्षमा कर छलीका विभिन्न ४३ वटा मुद्दा दायर भएको र करिब रु एक अर्ब बराबर ढरौटी माग गरेको बताउनुभयो ।
त्यस्तै, कर छली गरेर ल्याइएका र विभागको नियन्त्रणमा रहेका मालवस्तु लिलालबाट यस वर्ष रू छ करोडभन्दा बढीको राजस्व सङ्कलन गरेको उहाँको भनाइ छ । पछिल्लो समय राजस्व अनुसन्धान विभागको औचित्य र अस्तित्वमा प्रश्न उठिरहेको बताउनुहुँदै उहाँले नियमनात्मक, प्रचारात्मक र उपचारात्मक ढङ्गले राजस्व चुहावट नियन्त्रणमा विभागले महत्वपूर्ण भूमिका निभाइरहेको दाबी गर्नुभयो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता शम्भु कार्कीले राजस्व चुहावटबारे आयोगमा उजुरी पर्नेक्रम बढेको बताउनुभयो । त्यस्तै आयोगमा परेका उजुरीसँगै अनुसन्धान र अभियोजनका सङ्ख्या पनि बढेको कार्कीको भनाइ छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी