८ असार २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रासस–तस्बिर प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्नेछ’

२४ जेष्ठ २०८२, शुक्रबार १७:३२

काठमाडौँ | ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले राससले गणतन्त्र दिवस–२०८२ का अवसरमा आयोजना गरेको ‘तस्बिर प्रदर्शनी’ले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । राससले गत जेठ ११ गतेदेखि आयोजना गरेको प्रदर्शनीको आज अवलोकलन गर्दै उहाँले प्रदर्शनीमा राखिएका तस्बिरलाई ‘डिजिटलाइजेसन’ गर्न सुझाव दिनुभयो ।

भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्र्रो पहिचान’ आयोजित प्रदर्शनीमा हिन्दूकुश हिमशृङ्खलका हिमाल, हिमाली र पहाडी जनजीवन तथा देशका प्रमुख पर्यटकीयस्थलका ९६ वटा तस्बिर समेटिएका छन् ।

उहाँले भन्नुभयो, “हामी नेपालमै जन्मेको र हुर्केको र पेसा पनि यही नै गर्ने भन्ने हिसाबले सामान्य लाग्न सक्छ, तर अरुलाई देखाउनका लागि आजको जमानामा प्रविधिको प्रयोग गर्नुपर्छ, त्यसो गर्दा नेपाल नसुनेको मान्छेले पनि नेपाललाई खोज्छ र त्यसले देशको पयर्टन क्षेत्रको प्रवर्द्धन हुन्छ भन्ने लाग्छ”, अध्यक्ष पाण्डेले राससले मिडिया सङ्ग्राहलय र बुलेटिन सङ्कलन गरेर इतिहासको संरक्षण गर्ने काम गरेको भन्दै राससको समाचार बुलेलिनबाट नेपालमा समाचारको सुरुआत कसरी भयो भन्ने जिज्ञासा मेटाउन सकिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “म पनि पेसागत रूपमा हिमालसँग जोडिएको हुनाले राससले हिमाल, प्रकृति, ताल र त्यस क्षेत्रको बस्ती, रहनसहनलाई जोडेर प्रदर्शनीको आयोजना गर्नु आफैँमा राम्रो काम हो ।”

जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले व्यहोर्नुपरेका समस्याप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले नेपाल सरकारद्वारा हालै सम्पन्न ‘सगरमाथा संवाद’ कार्यक्रमलाई जोडेर रासस समाचारदाता र फोटो पत्रकारले विभिन्न कालखण्डमा खिचेका हिमाल, पर्वत तथा पर्यटकीयस्थलसम्बन्धी तस्बिर प्रदर्शनीमा समावेश छन् । ग्राहकको मागलाई दृष्टिगत गरी राससले आफ्ना उत्पादनमा विविधता थपिरहेको सन्दर्भमा प्रदर्शनीले राससका समाचार र तस्बिरलाई अझ समृद्ध बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । राससले गत वर्ष भौतिक पूर्वाधार निर्माण र त्यसअघि मुलुकको सांस्कृतिक विविधतासम्बन्धी प्रदर्शनी गरेको थियो । राससले प्रकाशित बुलेटिन सङ्कलन गर्दैगर्दा नयाँ पुस्ताको लागि उपयोगी हुने उहाँको अध्यक्ष पाण्डेको भनाइ छ ।

जलवायु परिवर्तनबाट मानव सभ्यतामा आएको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ आवाज उठाइरहेका अवस्थामा हिमालको संरक्षणका लागि बहस र पैरवी गर्न प्रदर्शनीबाट योगदान पुग्नेमा रासस विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नाइजेरियामा आइएसआइएसको आक्रमण, ३४ सैनिकको मृत्यु टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन नेपालको कम्युनिष्ट आन्दोलनले केपी ओलीलाई निरन्तर अध्यक्ष चाहिरहेको : विष्णु रिजाल बस्तीलाई भू–स्खलनबाट जोगाउन महिला सक्रिय चितवनमा भएको दुर्घटनामा मृत्यु हुनेमा एकै घरका ३ सदस्य,जसमा १ गर्भवती महिला सिजाङ सम्बन्ध सांस्कृतिक सप्ताह सुरु प्रतिनिधिसभा: १० मन्त्रालयका शीर्षकमाथि छलफल जारी सात ठाउँको अवरुद्ध सडक खुलाइयो, तीन ठाउँ अझै बाँकी प्रतिनिधिसभमा रास्वपाः प्रतिपक्षका पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर बरहथवामा प्रहरी र स्थानीयबीच झडप, प्रहरीसहित १० जना घाइते गाजा युद्धले बाल स्वास्थ्यमा गम्भीर असर : युएन ‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’: प्रदेश मन्त्री राय नेकपा एमालेका सचिव योगेश भट्टराईले मन्त्रीहरू संसदप्रति जिम्मेवार नभएको भन्दै आपत्ति इरानद्वारा इजरायली जासुसी सेवासँग सम्बन्धित २२ जना पक्राउ, थप गिरफ्तारीको आशंका सभापति देउवाद्वारा दुःख व्यक्त रास्वपाका सांसदहरु प्रतिनिधिसभा बैठकबाट बाहिरिए मनाङमा मनाइयो अन्तरराष्ट्रिय योग दिवस इजरायलको आक्रमणमा इरानका वरिष्ठ कमान्डर मारिए सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्‍यो प्रदर्शनको एक सय दिन