2026-08-06 07:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वातावरण दिवसमा विद्यार्थीले बनाए फोहर प्लाष्टिकबाट नयाँ सामग्री

 काठमाडौँ | विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुले प्रयोग गरिसकेका प्लास्टिकका पुराना बोत्तल वा अन्य प्लाष्टिकका फोहर विद्यालयमा ल्याएर पुनः प्रयोग गर्न मिल्ने सामग्री बनाएका छन् ।
विश्व वातावरण दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित बौद्ध अन्तरराष्ट्रिय विद्यालयमा अध्ययनरत विद्यार्थीले काम नलाग्ने प्लाष्टिकका बोत्तललगायत सामग्रीबाट नयाँ चीज बनाएर नमूना काम गरेका हुन् ।
स्वच्छ वातावरण बिना मानिस तथा अन्य जीवको अस्तित्व नै सङ्कटमा आउने विद्यालयमा अध्ययनरत छात्रा श्रीनिका लामा तामाङ बताउँछिन् । भर्खर सात वर्ष लागेकी श्रीनिकाको भविष्यमा चित्रकला क्षेत्रमा लाग्ने रुचि छ । उनी भन्छिन्, “स्वच्छ वातावरणका लागि हामीले दैनिक एउटा बिरुवा रोप्ने र प्लाष्टिक जथाभावी फाल्न हुँदैन ।”
मानवीय कारणले जलवायु परिवर्तन भएको आफूले थाहा पाएको कक्षा ४ मा अध्ययनरत परिष्कृत पन्थ बताउँछन् । उनी बढ्दो सहरीकरण तथा प्लाष्टिकका समस्याले शहर कुरूप भएकोले चिन्तित देखिन्छन् ।
कक्षा ६ मा अध्ययनरत याङ्किला शेर्पाको भविष्यमा रक क्लाइम्विङ पेशा अवलम्बन गर्ने लक्ष्य छ । उनमा चट्टानी पर्वतारोहणको सोखसँगै वातावरणीय परिवर्तनले जीवको अस्तित्व समाप्त हुनेमा चिन्ता पनि छ । उनले सरकार तथा सरोकारवालाले बेवास्ता गर्दा वातावरण थप बिग्रेको छ । उनी भन्छिन्, “हामीलाई वातावरणीय कार्यक्रममा सहभागी गराएपछि जलचर तथा थलचर जोगाउन जानकारी मिलेको छ ।”
कक्षा ८ मा अध्ययनरत श्रीकृष्ण महर्जन भने वायु प्रदूषण रोक्न विद्युतीय सवारीसाधनमा जोड दिनुपर्ने बताउँछन् । भविष्यमा उनको लक्ष्य भनेको विद्युतीय सवारी प्रवर्द्धन गर्ने हो । पछिल्लो समय विश्व तापमान वृद्धिले वायुमण्डलीय अवस्थितिमा परिवर्तन भइरहेको उनको बुझाइ छ । तापमान वृद्धिका कारणले समयमा पानी नपर्ने वा कतै पानी अधिक पर्ने र हिमालयमा हिउँ पग्लने अवस्था आएको उनी बताउँछन् ।
विद्यालयका विज्ञान विभागका विभागीय प्रमुख सुमन श्रेष्ठ विद्यालयमा हाजिरीजवाफ, वक्तृत्व कलालगायतका कार्यक्रम आयोजना नियमित रुपमा भइरहेको बताउनुहुन्छ ।
कक्षा ८ का विद्यार्थीहरूलाई ‘रिड्युस, रिसाइकल र रियुज’ परिकल्पनामा आफ्नो परिवारसँग मिलेर प्रोजेक्ट गर्न लगाएको उहाँले सुनाउनुभयो । सोहीअनुसार विद्यार्थीहरूले फोहर प्लाष्टिकबाट नयाँ विभिन्न सामग्री बनाएका हुन् ।
कार्यक्रममा कक्षा ९ मा अध्ययनरत छात्रा छिरिङ डोल्कर शेर्पाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले प्रत्यक्ष पारेका प्रभाव र त्यसलाई रोक्न मानिसले कस्ता गतिविधि गर्ने भन्नेमा केन्द्रित भएर ‘क्लाइमेट एक्सन स्टाट्स विथ अस’ मा प्रस्तुति दिएका थिइन् । उनी भन्छिन्, ‘मेरो नारा भनेको ‘सी द माउन्टेन ।’
विद्यार्थीहरूलाई वातावरणमा बढी नै सहज तथा प्रयोगात्मक हिसाबले लाग्न प्रेरणा मिलोस् भनेर यस वर्षदेखि सप्ताहव्यापी कार्यक्रम राखिएको प्रधानाध्यापक हरि लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव वैदेशिक रोजगारीमा जान श्रमिकले एउटा निश्चित शुल्क तिरेर जानु पर्नेछ : डिकबहादुर खत्री धार्मिक तनाव र विवादको समाधानका लागि हिन्दु राष्ट्र पुन:स्थापना आवश्यक: राजेन्द्र लिङ्देन मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक तरकारी बोकेको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार एक जनाको मृत्यु सुनचाँदीको मूल्यमा भारी वृद्धि यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर विदेशबाट नेपाल फर्किने नेपालीलाई सुन तस्कर तथा दलालको प्रलोभनमा नपर्न आग्रह नक्कली सुकुम्वासी वास्तवमा असली सुकुम्वासीका दुस्मन हुन्: राजीव खत्री सरकार आर्थिक समृद्धिको लक्ष्यमा छ : परराष्ट्रमन्त्री खनाल सुनसरी घटनाको जिम्मा सरकारले लिनुपर्छ: भीष्मराज आङदेम्बे नेप्से परिसूचक २१.१५ अंकले घट्यो हिमाल आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग बाढी र पहिरोले पाँच सडकखण्ड अवरुद्ध मधेसमा जहिले पनि गोली मात्रै किन चल्छ, लाठी र टियर ग्यास किन चल्दैन? : सांसद सिंह नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना: हर्कराज राई