2026-10-07 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो र दरोरुपमा उभिन वाईसीएललाई निर्देशन दिए

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिगमनकारी शक्तिविरुद्ध खरो र दरोरुपमा उभिन वाईसीएललाई निर्देशन दिएका छन्। सोमबार माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग (YCL) को तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन्।

जनयुद्ध र जनआन्दोलनबाट उपलब्धीहरू उल्ट्याउने प्रयास भइरहेको भन्दै उनले त्यसका विरुद्ध सशक्तरुपमा उत्रिन भनेका हुन्। ‘प्रतिक्रियावादी र प्रतिगमनकारीहरूले हामीले जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरूलाई उल्ट्याउन सकिन्छ कि भनेर लागिपरेका छन्। कहिनकहि जनयुद्धको, माओवादी आन्दोलनको, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोशिस पनि भइरहेका छन्,’उनले भने,’यो टिमले पार्टीको लिडरसीपमा, पार्टीको आदेशमा सबैखाले प्रतिक्रियावादी र प्रतिगमनका विरुद्ध आफूलाई खरो र दरो सावित गर्नेछ भन्ने मलाई लागेको छ।’

संगठनलाई गतिशीत बनाउन वाईसीएलले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे। अध्यक्ष प्रचण्डले समाजवादी क्रान्तिको आधार तयार पार्ने काममा पार्टी रहेको र यसमा युवा र वाईसीएलको महत्वपूर्ण भूमिका रहने बताए। नयाँ क्रान्तिको माध्यमबाट मुलुकमा राजनीतिक स्थायीत्व र भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धि कायम गर्ने मुख्य जिम्मेवारी माओवादीको भएको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो