काठमाडौँ । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति लेखनमा जुटेको छ । मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सोमबार (जेठ २६ गते) एक सूचना जारी गरी सुझाव माग गरेको छ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले असार १० गतेभित्र सुझाव उपलब्ध गराउन सरोकारवालालाई अनुरोध गरेको छ । चालु वर्षको मौद्रिक नीति साउन ११ गते ल्याइएको थियो ।