काठमाडौँ | त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दिक्पाल कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले बताए । उनलाई धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट पक्राउ गरिएको एसएसपी अधिकारीले बताए ।
उनीसहित नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले १४ जेठमा उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालबन्दी गरेको थियो । सोही घटनामा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् ।