2026-10-06 08:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राससको ‘तस्बिर प्रदर्शनी’ युवापुस्ताका निम्ति देशबारे जान्ने अवसर : सांसद थापा

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले राससले आयोजना गरेको ‘तस्बिर प्रदर्शनी’ युवापुस्ताको निम्ति देशबारे जान्ने अवसर हुने बताउनुभएको छ ।
गणतन्त्र दिवस–२०८२ का अवसरमा राससले गत जेठ ११ गतेदेखि आयोजना गरेको तस्बिर प्रदर्शनीको आज अवलोकलन गर्दै उहाँले भन्नुभयो, “युवा आफैँले जान्दैनन, हामीले नयाँ पिँढीलाई गौरवगाथाहरु हिमाल, पहाड तराईका संस्कार, संस्कृति, पुर्खाका गौरवगाथालाई बुझाउँदै जानुपर्छ, जानेनन् भनेर गुनासो गर्नेभन्दा पनि उनीहरुलाई सिकाउनुपर्छ ।”
भद्रकाली प्लाजास्थित रासस केन्द्रीय कार्यालयमा ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्र्रो पहिचान’ आयोजित प्रदर्शनीमा हिन्दूकुश हिमशृङ्खलका हिमाल, हिमाली र पहाडी जनजीवन तथा देशका प्रमुख पर्यटकीयस्थलका ९६ तस्बिर समेटिएका छन् । पछिल्लो समयमा आफ्नो देशको सौन्दर्य हेर्ने र त्यसमा गौरव गर्नेभन्दा पनि नकारात्मक देख्ने प्रवृति बढ्दै गएको सन्दर्भमा रासस ‘तस्बिर प्रदर्शनी’ आयोजना गर्नु समय सान्दर्भिक भएको सांसद थापाको भनाइ छ ।
प्रदर्शनीमा जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले व्यहोर्नुपरेका समस्याप्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले नेपाल सरकारद्वारा हालै सम्पन्न ‘सगरमाथा संवाद’ कार्यक्रमलाई जोडेर रासस समाचारदाता र फोटो पत्रकारले विभिन्न कालखण्डमा खिचेका हिमाल, पर्वत तथा पर्यटकीयस्थलसम्बन्धी तस्बिर समावेश गरिएका छन् ।
नेपालको हिमाल नेपालको मात्रै नभएर संसारकै महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै नेता थापाले भन्नुभयो, “प्रदर्शनीमा पर्यटकीय प्रवद्र्धन र भौतिक विकाससँग जोडिएका  तस्बिर पनि राखिएका रहेछन्, अन्य विभिन्न क्षेत्रका महत्वपूर्ण तस्बिर राखिएका रहेछन्, यो आफैँमा उत्कृष्ट काम हो,” उहाँले भन्नुभयो ।
ग्राहकको मागलाई दृष्टिगत गरी राससले आफ्ना उत्पादनमा विविधता थपिरहेको सन्दर्भमा प्रदर्शनीले राससका समाचार र तस्बिरलाई अझ समृद्ध बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । राससले गत वर्ष भौतिक पूर्वाधार निर्माण र त्यसअघि मुलुकको सांस्कृतिक विविधतासम्बन्धी तस्बिर प्रदर्शनी गरेको थियो ।
जलवायु परिवर्तनबाट मानव सभ्यतामा आएको चुनौती, हिमाल र हिमाली जनजीवनमा परेको प्रभावबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ आवाज उठाइरहेका अवस्थामा हिमालको संरक्षणका लागि बहस र पैरवी गर्न तस्बिर प्रदर्शनीबाट योगदान पुग्ने विश्वास गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो