काठमाडौँ | काठमाडौँको टोखामा प्रहरी र लागुऔषध कारोबारीबिच जम्काभेट हुँदा मंगलबार प्रहरीले ७ राउन्ड गोली चलायो । खैरो हेरोइन कारोबार गर्नेहरूले प्रहरीलाई आक्रमण गरेपछि गोली चलाउनुपरेको प्रहरीको दाबी छ ।
कारोबारीको आक्रमणमा परेर लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरी हवलदार नवराज घिसिङ र प्रहरी सहायक हवलदार रवीन्द्र केसी घाइते भएका छन्| घिसिङको बायाँ घुँडामा र केसीको दायाँ पाखुरामा चोट लागेको ब्युरोका एसएसपी कोइरालाले बताए | कारोबारीले प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाको लागी गोली चलाएका हौँ – उनले भने , हामीले ४ राउन्ड हवाई फायर र ३ राउन्ड गोली चलाउनुपरेको थियो | प्रहरीको गोली लागेर भारतको वेस्ट बङ्गाल घर भएका ४० वर्षीय सशिक आलम र बिहार घर भएका २२ वर्षीय मोहमद मन्जुर आलम घाइते भएका छन् । अहिले उनीहरुको ट्रमा सेन्टरमा उपचार हुँदै छ । उनीहरूले प्रहरीलाई रड प्रहार गरेको प्रहरीले दाबी गरेको छ ।
प्रहरीले २ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ । स्पिकर भित्र लुकाएर राखेको अवस्थामा खैरो हेरोइन बरामद गरिएको एसएसपी कोइरालाले बताए ।