२०८३, २५ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तस्बिर प्रदर्शनीले पर्वतीय पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने

२०८२, २९ जेष्ठ बुधबार १४:५९

काठमाडौँ | न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष सङ्गीता खड्काले तस्बिर प्रदर्शनीले नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको आज अवलोकनपछि अध्यक्ष खड्काले प्रदर्शनमा राखिएका तस्बिरले विश्व समुदायसामु नेपालको पहिचानलाई प्रवर्द्धन गर्न सहयोग गर्ने बताउनुभयो । आगामी दिनमा आमनागरिकसामु पर्वतीय क्षेत्रको सौन्दर्यताको प्रचारप्रसार गर्न यस्ता तस्बिर प्रदर्शनी भइरहनुपर्ने सुझाव दिनुभयो ।

“राससले विगतदेखि विभिन्न विषयमा फोटो प्रदर्शनी आयोजना गरिरहेको छ । पर्वतीय पर्यटन, हिमशृङ्खला, हिमाली जनजीवनलगायत विषयसम्बन्धी महत्त्वपूर्ण फोटोहरू समावेश गरी प्रदर्शनीमा राख्दा यसले राज्यको एउटा चित्र देखाएको छ”, उहाँले भन्नुभयो, “नेपाल प्राकृतिक सम्पदामा कति धनी रहेछ भनेर यहाँका तस्बिरले देखाएको छ । राज्यले पर्वतीय पर्यटक प्रवर्द्धनका लागि यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ ।”

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले तस्बिर प्रदर्शनीले स्वदेशी तथा विदेशी पर्यटकलाई पर्वतीय क्षेत्रका बारेमा जानकारी दिनुका साथै प्रकृतिमा आधारित पर्यटक प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । “यस्ता प्रदर्शनीले पर्यटकीय क्षेत्रको ‘ब्रान्डिङ’ गर्नेछ भने पर्यटकीय विकासबाट मुलुकको समृद्धिमा टेवा पुग्नेछ”, उहाँले भन्नुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससको तस्बिर प्रदर्शनीबारे जानकारी गराउँदै प्रदर्शनीले नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यता उजागर गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन तथा प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ