2026-09-14 11:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सहरी विकास मन्त्रालयलको बजेटमा प्रकाशमानको मनपरी,अधिकांश बजेट बुबाको नाममा,७५ करोडको बजेट बिनियोजन

काठमाडौँ | सहरी विकास मन्त्रालयले कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको नाममा बनाइने स्मृति भवनदेखि लिएर विभिन्न पूर्वाधारहरू निर्माण गर्न ७८ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सिंहको नाममा पार्क, स्मृति भवन, खानेपानी ट्यांकी, अध्ययन प्रतिष्ठान तथा सडक पूर्वाधार निर्माणसम्मका योजनाहरू अघि सारिएका छन्।

मन्त्रालयले छुट्टाछुट्टै शीर्षकमा देशभर ४५ वटा योजना अघि बढाएको छ। ती योजनाहरूको बजेट १३ लाखदेखि ८ करोड रूपैयाँसम्मको छ, जसमा केही पुराना तथा अधिकांश नयाँ कार्यक्रमहरू समावेश छन्।

गणेशमान सिंहलाई नेपाली कांग्रेसमा ‘सर्वोच्च नेता’, ‘लौहपुरुष’ र ‘सर्वमान्य नेता’को रूपमा स्मरण गरिन्छ। अहिले उनै सिंहका छोरा प्रकाशमान सिंह उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रीका रूपमा सरकारमा छन्।

उनी नेतृत्वमा रहँदा कांग्रेस पार्टीका कार्यकर्ता र शुभेच्छुक संस्थाहरूले सिफारिस गरेका योजनाहरूको पनि बजेटमा समावेश गरिएको छ।

कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको सिफारिसमा काठमाडौं महानगरपालिका–१३ मा निर्माण हुन लागेको गणेशमान सिंह स्मृति भवनका लागि ३ करोड रूपैयाँ बजेट छुट्याइएको छ। उक्त निर्णयप्रति आभार प्रकट गर्दै तरुण दलले विज्ञप्ति जारी गरेको छ।

काठमाडौंमा मात्रै सिंहको नाममा १३ वटा छुट्टाछुट्टै शीर्षकमा बजेट विनियोजन गरिएको छ। सातै प्रदेशका विभिन्न जिल्लामा सिंहको नाममा कुनै न कुनै योजना छुट्याइएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी