2026-10-06 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुटतन्त्र मच्चाउनकै लागि सत्तामा आएको लिखित जानकारी दिए अवरोध हटाइदिने :मनिष झा

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले पाँच बुँदे प्रस्ताव मान्न सत्ता पक्ष तयार नभएसम्म सदनको अवरोध जारी राख्ने बताएका छन् ।

झाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार भए मात्र सदन खुलाउन सकिने बताएका हुन् । नभए लुटतन्त्र मच्चाउनकै लागि सत्तामा आएको लिखित जानकारी दिए अवरोध हटाइदिने उनको भनाइ छ ।

‘हामीले सहमतिका लागि पाँच बुँदे प्रस्ताव सक्षापक्षलाई बुझाएका छौँ । अहिलेसम्म कुनै जवाफ आएको छैन । भिजिट भिसा प्रकरणमा अहिलेसम्म भएका काण्डबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन सत्तापक्ष तयार हुनुपर्‍यो ।

नत्र भने सदन खुलाउन अर्को विकल्प पनि छ । त्यो हामी सत्तामा लुट्न आएको हो । लुटिरहन्छौँ भनेर सत्ता पक्षले लिखित रूपमा दिएमा तत्कालै सदनको अवरोध हटाउँछौँ । हैन भने जनतालाई ठग्न त पाइएन नि’, उनले भने ।

झा ले उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एकमात्र रहेको जानकारी दिए । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको फरक प्रस्तावबारे आफूहरूलाई कुनै जानकारी नभएको भन्दै उनले कांग्रेससँग जे कुरा भएको त्यसलाई जस्ताको तस्तै जनतासामु प्रस्तुत गरेको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो