2026-10-07 08:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पर्यटन युवालाई आत्मनिर्भर बनाउने महत्त्वपूर्ण क्षेत्र हो’:

काठमाडौं ।  राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेले युवालाई आत्मनिर्भर बनाउने महत्त्वपूर्ण क्षेत्र पर्यटन भएको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)ले गणतन्त्र दिवसका अवसरमा ‘पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान’ शीर्षकको तस्बिर प्रदर्शनी अवलोकनपछि  उहाँले नेपाल पर्यटकीय रुपमा सुन्दर राष्ट्र भएकाले यस क्षेत्रमा युवालाई आत्मनिर्भर बनाउन सकिने सम्भावना रहेको बताउनुभयो ।
“प्रदर्शनीमा राखिएका तस्बिरले दिन खोजको भाव अपरम्पार छ, हाम्रो देश पर्यटकीय गन्तव्य हो,” अध्यक्ष थेवेले भन्नुभयो, “देशको तीव्र आर्थिक उन्नति, समृद्ध राष्ट्र बनाउने र आम युवालाई आत्मनिर्भर बनाउने उद्देश्य बोकेर हिँडेका छौँ, त्यसको महत्त्वपूर्ण पाटो पर्यटन पनि हो ।”
मुलुकको सिङ्गो पर्वतीय पर्यटनको झल्को दिने गरी तस्बीर प्रदर्शनीमा राखिएको उहाँको प्रतिक्रिया छ । “नेपालमा युवा छैनन् भन्ने भाष्य निर्माण गर्नुहुँदैन, नेपालमा असाधारण सम्भावना छ, विश्वको उत्कृष्ट विश्वविद्यालयमा पढेर आफ्नै देश फर्किएर राम्रा उद्यमी बनेका छ्न,” उहाँले थप्नुभयो, “आगामी बजेट पनि युवा र उद्यमीमैत्री भएको छ, युवालाई सरकारले सहुलियत पूर्ण ऋण उपलब्ध गराएर उद्यमी बनाइ नेपालमै राख्ने अभियानमा हामी छौँ ।”
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो