2026-10-07 07:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त र जीवनोपयोगी बनाउनुपर्ने बताए

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुनिक प्रविधियुक्त र जीवनोपयोगी बनाउनुपर्ने बताएका छन् । बालुवाटारमा बिहीबार सम्पन्न काठमाडौँ विश्वविद्यालयसभाको ९९ औं बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले शिक्षामा आमूल परिवर्तनको आवश्यकता रहेको औंल्याउँदै यसमा भइरहेको असन्तुलित बजेट विनियोजनमा पुनर्विचार गर्नुपर्ने बताए। विशेषगरी मेडिकल स्वास्थ्य क्षेत्रमा धेरै बजेट विनियोजन भइरहेको र इन्जिनियरिङलगायत अन्य विषयमा बजेट कम भइरहेकोबारे पुनर्विचार गर्न जरुरी रहेको उनको भनाइ थियो। उनले शिक्षालाई आम जनताको पहुँचमा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए।

प्रधानमन्त्री ओलीले भने, “हामीले एजुकेसनको सन्दर्भमा आमूल परिवर्तन गर्नुपर्नेछ। केही धेरै नमिलेका कुराहरू छन्। मेडिकल एजुकेसनमा ७५ प्रतिशत स्कलरसिप दिएका छौँ, र ४५ देखि ५० लाखको खर्च व्यहोर्ने। अब हामी थप गेटा खोल्दैछौँ। त्यहाँ फेरि विद्यार्थीको ७५ प्रतिशत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोटा बढाउँदैछौँ। अरू स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू खोल्दैछौँ। अरू विश्वविद्यालयहरू खोल्दैछौँ। त्यसो भएपछि स्वास्थ्य शिक्षामा खासगरी युजीमा हामीले दिने गरेका छौँ।”

उनले शिक्षामा भइरहेको असन्तुलित लगानीप्रति चिन्ता व्यक्त गर्दै भने, “धेरै असन्तुलित र एकतर्फ बजेट बेस्सरी खन्याउने र अर्कोतर्फ शिक्षा के भइरहेको छ भन्नेकुरामा बढी ध्यान नजाने कुरा भइरहेको छ, यसमा पुनर्विचार गर्नैपर्छ। कति सक्छौँ हामी? अरू इन्जिनियर पढ्नेलाई किन नदिने स्कलरसिप? अरू विधा पढ्नेलाई किन नदिने? डाक्टर मात्रै भएर समाज चल्छ र? डाक्टर मात्रैलाई सुविधाका साथ उत्पादन गर्ने अरू उत्पादन नगर्ने कुरा हुँदैन।”

ओलीले सबै शिक्षाले पनि कति प्राप्त गर्न सक्छन् भन्ने हेरेर आम जनताका छोराछोरीले पढाउन सकून् र त्यहाँ सुविधा पुर्‍याउन सकियोस् भन्ने कुरा आम जनताको पहुँचभित्र शिक्षा पुर्‍याउनुपर्नेमा जोड दिएका थिए। उनले शिक्षालाई आधुनिक प्रविधिमैत्री र जीवनोपयोगी बनाउनुपर्ने, बेरोजगार जन्माउने विगतको प्रवृत्ति सच्याउनुपर्ने र अनुत्पादक तथा बेरोजगार खालको जनशक्ति उत्पादन गर्नु नहुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो