2026-09-23 05:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ | हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भागका साथै लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिमी भेगमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव पनि रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी केन्द्रीय समितिमा ८० प्रतिशतभन्दा बढीले ओलीको प्रतिवेदन समर्थन गरे : महेश बस्नेत कालोबजारी नियन्त्रण गर्न सरकार निर्मम बन्नुपर्छ : रमेश प्रसाईं सांसदहरूलाई सभामुख अर्यालको निर्देशन : प्रतिनिधि सभा मर्यादित र उत्कृष्ट बनाऔँ