2026-10-07 07:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार कृषि आधुनिकीकरणको प्रयासमा जुटिरहेको छः मन्त्री अधिकारी

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको आधुनिकीकरण गर्न सरकारले प्रयास गरिरहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद जगप्रसाद शर्माले सोध्नुभएको मौखिक प्रश्नको जवाफ दिँदै उहाँले कृषिको आधुनिकीकरणका लागि विभिन्न रणनीति अलवम्बन गरिएको बताउनुभयो ।
कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्न आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था, बाली र वस्तु उत्पादनमा यान्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरिएको उहाँको भनाइ थियो ।
 “भूमिको वैज्ञानिक प्रयोग, आधुनिक कृषि प्रविधिको उपयोग, कृषिमा यान्त्रिकीकरण, कृषिजन्य उत्पादनको प्रशोधन तथा बजारीकरण, पूर्वाधारको विकास, प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्बनलगायत कृषि प्रणाली रणनीतिको अवलम्बन गरिएको छ”, उहाँले भन्नुभयो ।
 मन्त्री अधिकारीले कृषि क्षेत्रलाई विज्ञानसँग जोडेर आधुनिक, प्रविधिमैत्री एवं समयसापेक्ष बनाउन विभिन्न सफ्टवेरमार्फत काम भइरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मल वितरणलाई प्रभावकारी तथा पारदर्शी बनाउन रियल टाइम सफ्टवेयर, बीउबिजन उत्पादन तथा आपूर्ति व्यवस्था पारदर्शी एवं एकद्वार बनाउन विद्युतीय बीउबीजन व्यवस्थापन प्रणालीलगायत विभिन्न उपकरणमार्फत सेवा प्रवाहमा सहजीकरण गरिएको छ ।”
यसैबीच, बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ सभामा पेस गर्नुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो