2026-10-06 07:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको छः मन्त्री पौडेल

2025-06-13
 काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशका सबै क्षेत्रमा रहेका पुनःस्थापना केन्द्रमा सर्वसाधारणका लागि पहुँचयोग्य बनाउन प्रयास भइरहेको बताउनुभएको  छ ।
राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको मौखिक प्रश्नको जवाफ दिँदै उहाँले राष्ट्रिय स्वास्थ्य सेवा ऐन २०७५, राष्ट्रिय स्वास्थ्य नीति २०७६ र सोह्रौँ योजना २०८१/८२, २०८५/८६ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको र जसमा पुनःस्थापना सेवा पनि समावेश गरिएको जानकारी दिनुभयो ।
उहाँले स्वास्थ्य मन्त्रालयअन्तर्गत रहेको स्वास्थ्य सेवा विभाग मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखामार्फत पुनःस्थापना सेवा प्रवाह भइरहेको पनि बताउनुभयो ।
“सरकारको नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०७९/८० मा शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति तथा क्यान्सर लगायतका दीर्घ रोगबाट प्रभावित नागरिकको लागि साथै प्रदेशमा पुनःस्थापना तथा परामर्श केन्द्र स्थापना गर्ने विषय उल्लेख भएको थियो, त्यसको कार्यान्वयनस्वरुप स्वास्थ्य पुनःस्थापना सेवाहरुको व्यवस्थित सञ्चालन, नियमन र अनुगमनका लागि पुनःस्थापना सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०७९ ल्याउने काम भइरहेको छ ।”
उहाँले पुनःस्थापनाको पहुँच र गुणस्तर कायम गराउन राष्ट्रिय पुनःस्थापनासम्बन्धी रणनीतिको तयारी भइरहेको उल्लेख गर्दै सरकारको २३ वटा सङ्घीय अस्पताल, ३६ वटा प्रादेशिक अस्पताल र जिल्ला अस्पतालबाट फिजियोथेरापी सेवाहरु उपलब्ध भइरहेको जानकारी दिनुभयो ।
मन्त्री पौडेलले भन्नुभयो, “पुनःस्थापना सेवा स्वास्थ्य प्रणालीको अत्यन्तै महत्वपूर्ण सेवा हो, यसले विशेषगरी दीर्घकालीन रोग, अपाङ्गता, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुलाई पुनः सामान्य जीवनमा फर्कन सघाउँछ, अहिले नेपालमा निजी क्षेत्रबाट सञ्चालित पुनःस्थापना केन्द्रहरु प्रमुख सहरमा सीमित छन्, तर मागबमोजिम पर्याप्त सेवा दिनेगरी विकास भएको छैन ।
पुनःस्थापना सेवाअन्तर्गत स्वास्थ्य उपचारका लागि लामो समय लाग्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सो सेवा प्रत्यक्ष रुपमा क्लिनिकल तथा दीर्घकालीन स्वास्थ्य प्रणालीसँग आबद्ध हुने भएकाले यसमा विभिन्न विभाग, महाशाखा तथा मन्त्रालय बीचको समन्वय आवश्यक छ ।”  मन्त्री पौडेलले पुनःस्थापना केन्द्रलाई थप व्यवस्थित बनाउन थप लगानी आवश्यक भएको बताउनुभयो ।
सांसद जनप्रसाद शर्माले सरकारी स्वामित्वमा बहुउद्देश्य पुनःस्थापना केन्द्र बनाउनेबारे सरकारको योजना के छ ? भनी मन्त्री पौडेललाई प्रश्न गर्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो