2026-10-07 07:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘बजेटमा आर्थिक अनुशासन आवश्यक छ’

काठमाडौँ | नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले बजेटमा आर्थिक अनुशासनको आवश्यकता रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उहाँले विगतको तुलनामा यो पटकको बजेट सन्तुलित र अनुशासित भएको उल्लेख गर्नुभयो ।

“आजको आवश्यकता आर्थिक अनुशासनको हो, बजेट तुलनात्मक रूपमा सन्तुलित छ । प्राथमिकताका आधारमा बजेट विनियोजन आजको अपरिहार्यता हो”, पूर्वअर्थमन्त्री डा महतले भन्नुभयो, “बजेट विनियोजनमा अराजकता र अनुशासन हिनता हुने तर परिणाम प्राप्त नहुने परिस्थिति थियो, त्यसलाई कम गर्न यो बजेटले कोसिस गरेको छ ।”

नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका डा महतले सङ्घीय बजेटले तीन करोडभन्दा तलका आयोजना प्रस्तावित नगर्ने कार्यविधिलाई कार्यान्वयन गर्ने कोसिस गरेको भन्दै यसलाई अझ सशक्त र प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले पनि कतिपय आयोजना तीन करोडभन्दा तल परेका छन् । कार्यविधि पूर्ण लागू गरिएको भए अझ परिणामुखी हुन्थ्यो । यद्यपि, चार हजारभन्दा बढी आयोजना कटौती गरेर बजेटलाई परिणाममुखी बनाउने कोसिस गर्नुभएको छ, म सराहना गर्न चाहन्छु ।”

सांसद महतले अहिले देशको आवश्यकता अनुसार बजेट अनुशासन र परिणाममुखी विनियोजन भएको भन्दै यसबाट आर्थिक वृद्धिको लक्ष्यमा सरकारी लगानीले योगदान गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो । सरकारले बजेट कार्यान्वयन गर्दै परिणाममुखी आयोजनालाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“मुलुकमा पर्यटन क्षेत्रको सम्भावना बढी छ । जहाँजहाँ महत्त्वपूर्ण पर्यटकीय क्षेत्र छन्, तिनलाई बाह्रै महिना चल्ने सडक सञ्जालबाट जोडेर निजी क्षेत्रले होटल, रेष्टुरेन्टलगायत पूर्वाधार विकासमार्फत पर्यटन क्षेत्रको विकास गरिनुपर्छ”, उहाँले भन्नुभयो ।

पूर्वअर्थमन्त्री महतले बजेटमा प्रस्तावित स्रोत सुनिश्चितताको लक्ष्यमा पुग्न कठिनाइ हुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “आन्तरिक ऋण, वित्तीय तथा बैंकिङ प्रणालीबाट ऋण लिन बढी प्रस्ताव गरिएको छ, ऋणको साँवाब्याज तिर्न पुँजीगत खर्च बराबरको वित्तीय व्यवस्थापन गर्नुपर्ने हुन्छ । आगामी दिनमा विनियोजनमा देखिएको समस्या, स्रोत जुटाउने समस्याप्रति थप गम्भीर हुन जरुरी छ । ठोस, सार्थक र प्राथमिकताका आधारमा मात्रै खर्च गर्ने प्रचलनलाई विकसित गर्नुपर्छ ।”

सांसद महतले प्रदेशमा पनि बजेट अनुशासन कायम हुन जरुरी रहेको भन्दै सानासाना आयोजनामा बजेट विनियोजन गरेर रकम दुरुपयोग हुने गरेकाले अनिवार्य ठेक्काबाट मात्रै आयोजना कार्यान्वयन गर्ने, एक करोडभन्दा माथिको आयोजना मात्रै कार्यान्वयन गर्न प्रदेशमा बाध्यकारी अवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रमुख प्रतिपक्षी दललगायत सबै दल सहभागी भएर बजेटमा छलफल गरेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आधारहीन विषयलाई उठाएर विरोध गरी बजेटमाथिको छलफलको महत्त्वपूर्ण अवसर गुमाएको बताउनुभयो ।

हरेक बजेटको लक्ष्य देशमा आर्थिक समृद्धि, आर्थिक अवसर सिर्जना गर्नु र रोजगारी सिर्जना गरी देशको आर्थिक विकासलाई गति दिनु रहेको भन्दै उहाँले त्यसका लागि राज्यको स्रोतसाधन कसरी परिचालन गर्ने, वैदेशिक सहायता, राजस्व परिचालन गरी कुन क्षेत्रमा लगानी गर्ने, पुँजीगत खर्च कसरी गर्नेलगायत प्राथमिकताका विषयलाई केन्द्रमा राखेर कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वअर्थमन्त्री डा महतले प्रस्तावित रु १९ खर्ब ६४ अर्बको बजेटको आम्दानीको अनुमान चाहेजस्तो हुने अवस्था नरहेको भन्दै विदेशी अनुदान प्रस्ताव गरेअनुसार आउन कठिन हुने तथा वैदेशिक ऋण पनि प्रस्ताव गरेजस्तो आउने अवस्था नभएको, राजस्व परिचालन लक्ष्य भेट्टाउन पनि सरकारले बढी मेहनत गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आन्तरिक ऋण, वित्तीय तथा बैंकिङ प्रणालीबाट ऋण लिन बढी प्रस्ताव गरिएको छ, ऋणको साँवाब्याज तिर्न पुँजीगत खर्च बराबरकै वित्तीय व्यवस्थापन गर्नुपर्ने अवस्था छ । आउने दिनमा सरकारले विनियोजनमा देखिएको समस्या, स्रोत जुटाउने समस्याप्रति थप गम्भीर हुन जरुरी छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो