2026-10-07 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सङ्घीय निजामती विधेयक आजै प्रतिनिधिसभामा पेस हुन्छ’

काठमाडौँ | प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभा बैठकमा आजै पेस गर्ने तयारी रहेको बताउनुभएको छ ।

लोक सेवा आयोगको ७५औँ वार्षिकोत्सव एवं हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसद् बैठकमा पेस गर्ने जानकारी गराउनुभएको हो ।

सभापति खतिवडाले नेपालमा प्रजातन्त्रको स्थापनासँगै विधिको शासन र योग्यतामा आधारित कर्मचारीको व्यवस्थापन गर्न लोक सेवा आयोगको स्थापना भएको बताउँदै आयोगका कामकारबाही अहिलेका पुस्ताका लागि पनि पे्ररणादायी भएका उल्लेख गर्नुभयो ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगको इतिहास र कामकारबाहीका बारेमा जानकारी गराउँदै आयोगले योग्यता, निष्पक्षता र स्वच्छतामार्फत कर्मचारी छनोट गर्दै आएको बताउनुभयो । उहाँले आयोगले निजामती कर्मचारीका साथै पछिल्लो समय सुरक्षा निकाय र सङ्गठित संस्थाका लागि भर्ना प्रक्रियाका काम गर्दै आएको भन्दै कार्यक्षेत्राधिकार वृद्धिसँगै आधुनिक प्रविधिको प्रयोगलाई विस्तार गरेकोे उल्लेख गर्नुभयो ।

आयोगका सदस्य दिनेश सिलवालले धन्यवाद ज्ञापन गर्दै आयोगले आफ्नो विश्वसनीयता सधैँ कायम राखिराख्न आफ्ना योजना र कामकारबाहीलाई समयानुकूल परिमार्जन गर्दै आएको उल्लेख गर्नुभयो । आयोगका सचिव किरणराज शर्माले स्वागत गर्दै आयोगले योग्यता, निष्पक्षता र स्वच्छतामार्फत जनमानसमा विश्वासको पर्यायवाची बनेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो