२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वरुणकान्तको ‘प्रकृतिको मन’को लोकार्पण

२०८२, १ असार आईतवार १८:०६

काठमाडौँ | जीव, जगत् र जीवनको चर्चासम्बन्धी विषयवस्तु समेटिएको समाजशास्त्री वरुणकान्त अधिकारीको कृति ‘प्रकृतिको मन’ लोकार्पण गरिएको छ ।

जानकारीमूलक, उत्पे्ररक र आम पाठकका लागि उपयोगी प्रबन्धनात्मक उक्त साहित्यिक रचनाको आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ कूटनीतिज्ञ प्राडा जयराज आचार्यले लोकार्पण गर्नुभयो ।

पुस्तकमा सभ्यताको विकाससँगै मानव चेतनाले प्रमाणित गरेका, धारणा बनाइएका, विश्वास गरेका, कल्पना र अनुमान गरेका गहन विषयवस्तु समेटिएको छ । ज्ञान र विज्ञानको आलोकमा जीवको अस्तित्व, मानव विकासक्रम, अन्तरिक्ष, समय, मानवमन, मानव सम्यता, जीवन दर्शन जस्ता गहन र रहस्यमय विषयवस्तु समावेश कृतिले पाठकको ज्ञानको स्तर अभिवृद्धि गर्ने लेखक अधिकारीले बताउनुभएको छ ।

सृष्टिका विविध रहस्यप्रति अभिरुचि गराउनु, युवा पुस्तालाई अध्ययन, अनुसन्धान र अन्वेषण कार्यमा अभिप्रेरित गर्दै ज्ञानका माध्यमबाट समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउन कृति अध्ययनले सहयोग पुग्ने विश्वास गरिएको छ ।

त्यस अवसरमा प्राडा आचार्यले जीव, जगत् र जीवनको चर्चा गरिएको प्रकृतिको मन शीर्षक कृतिमा समेटिएका विषयले मन अद्भुत चीज रहेछ भन्ने स्पष्ट पार्न कोसिस भएको बताउनुभयो ।

उहाँले विश्व ब्रह्माण्डमा सूर्य, चन्द्रमा, पृथ्वी, मङ्गल, बुध जस्ता ग्रह र नक्षत्रका बीचमा सृष्टिका हिसाबले सानो कणका रुपमा रहेको मानवले त्यस्ता विषयवस्तुको अध्ययन र अनुसन्धान गरी वास्तविकता बाहिर निकाल्ने काम चुनौतीका बीचमा पनि सम्भव तुल्याएको धारणा राख्नुभयो ।

खगोलशास्त्री डा प्रेमराज ढुङ्गेलले प्रकृति नै सर्वेसर्वा हो भन्ने कोणबाट अर्थशास्त्र, समाजावाद, भौतिकवाद, राजनीतिक, मानवशास्त्रलगायतका विषयवस्तुलाई गहि¥याइसम्म पुगेर ठेट र झर्राे शब्द प्रयोग भएको पुस्तक जुनसुकै शैक्षिक योग्यता भएकाले सजिलै बुझ्न सक्ने बताउनुभयो ।

वनस्पतिविद् डा महेन्द्रनाथ सुवेदीले शून्यताको आत्मकथा, समय र अस्तित्व, जीवन दर्शनसँग जोडिएका विषयवस्तु समेटिएको पुस्तकमा समयलाई पैसाले देख्ने कस्तो मनुष्य हो भन्ने पक्ष चाखलाग्दो रहेको धारणा राख्नुभयो ।

समाजसेवी गायत्री अधिकारीले कृतिमा विज्ञान, समाजशास्त्र, मानवशास्त्रलगायतका मानवले ध्यान दिनुपर्ने र जान्नुपर्ने धेरै महत्वपूर्ण विषय समेटिएको बताउनुभयो ।

क्रम विकास, समय र अस्तित्व तथा जीवन दर्शन गरी तीन भागमा विभाजित कृतिमा जीवनको आरम्भ र विकास, सुन्दरीका सन्तान, पुर्खाको विरासत, समय सुन्दर, सौर्यमण्डल, आकाश दर्शन, मनको साम्राज्यलगायत शीर्षकमा विविध विषयवस्तु समेटिएको छ ।

अनिता शर्मा पौड्याल प्रकाशक तथा प्रगति पुस्तक सदन वितरक रहेको ३५४ पृष्ठको उक्त कृतिको मूल्य रु ९७५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी