2026-10-07 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभापति देउवाद्वारा नेता शास्त्रीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ | नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालेले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । शास्त्रीको काठमाडौं मेडिकल कलेज, सिंनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

शास्त्री नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र निष्ठावान राजनीतिज्ञ, समाजवादी चिन्तक रहनुभएको पार्टी कार्यालयले जनाएको छ । कांग्रेसले सङ्गठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने उल्लेख गरेको छ ।

प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शास्त्रीको पार्थिव शरीरलाई यही असार ४ गते बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम छ ।

कांग्रेसको राजनीतिमा जननायक विपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतका शीर्ष नेताहरूसँग निकटमा रहेर उहाँले काम गर्नुभएको थियो ।

प्रजातन्त्र पुनःस्थापनाको संघर्षका क्रममा भारतको वनारस र गोरखपुरमा उहाँले लामो समय प्रवासी जीवन बिताउनु भएको थियो । शास्त्री आम निर्वाचन २०४८ र २०५१ मा अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।

नेपालमा प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका क्रममा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो ।

उहाँद्वारा लिखित ‘मेरो जीवन र अनुभूति’ नामक पुस्तक प्रकाशित छ । नेपाल सरकारद्वारा स्थापित विपी कोइराला राष्ट्रिय पुरस्कार २०७९’ (राजनीतिक दर्शन क्षेत्र) पुरस्कारद्वारा उहाँ सम्मानित हुनुहुन्थ्यो । शास्त्री ‘सहिद स्मृति प्रतिष्ठान’ का संरक्षक तथा संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।

उहाँको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो