2026-10-07 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकलाई सम्बोधन गर्ने बजेट आएको छ’

काठमाडौँ | सांसद कालुराम राईले सरकाले ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट जेनजी पुस्तादेखि ज्येष्ठ नागरिकलाई समेत सम्बोधन गर्ने आएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिादै उहाँले बजेटले सबैलाई सम्बोधन गर्न सफल भएको दाबी गर्नुभयो ।

“आगामी आवको बजेटमा वास्तवमा अर्थतन्त्र सुधार गर्ने खालको छ, बजेट राम्रो हुँदा पनि कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ, प्रभावकारी कार्यन्वयनका लागि सरकार सक्षम बनोस्,” राईले भन्नुभयो । यद्यपि बजेटमा अपाङ्गता भएका व्यक्तिले खेल्ने पारा खेलका लागि कुनै व्यवस्था नभएको समेत उल्लेख गर्नुभयो ।

सांसद राजु थापाले बजेटको कार्यान्वयनको मुख्य चुनौती पुँजिगत खर्च भएको बताउनुभयो । “बजेटलाई सफल बनाउन पुँजीगत खर्च बढाउनुपर्छ, कम्तीमा ९० प्रतिशतसम्म खर्च गर्न सकियो भने बजेट सफल हुन्छ”, उहाँले भन्नुभयो ।

सांसद थापाले बजेटले आधुनिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकतामा राख्न्, दिगो विकास र फराकिलो आर्थिक वृद्धिदर हासिल गर्ने उद्देश्य रहनु स्वागतयोग्य रहेको बताउनुभयो ।

सांसद प्रभु हजाराले विगतका वर्षभन्दा पनि आगामी आवको बजेटले मुलुकको आर्थिक अवस्थालाई सम्बोधन गरेको दाबी गर्नुभयो । “बजेट राम्रो र पादरर्शी छ, बजेटले लिएका लक्ष्य पूरा गर्न सकिने खालका छन्”, उहाँले भन्नुभयो, “बजेटमा विगतका अधुरा योजना पूरा गर्ने लक्ष्य राखिएको छ, समृद्ध नेपाल र सुखी नेपाली लक्ष्यको प्राथमिकतामा बजेट प्रस्तुत भएको छ । स्वास्थ्य क्षेत्रमा विभिन्न खालको योजना राखिनु स्वागतयोग्य छ ।”

सांसद रामकृष्ण यादवले बजेट स्वागतयोग्य रहेको भन्दै समर्थन जनाउनुभयो । “विगतक वर्षमा टुक्रे योजना धेरै समावेश भएका थिए । यसपालिको बजेटमा धेरै हदसम्म सुधार भएको देखिएको छ”, उहाँले भन्नुभयो ।

यादवले राष्ट्रिय गौरवाको आयोजनाका रुपमा रहेको १६ वर्षदेखि निर्माणाधीन हुलाकी राजमार्ग बनाउन थप दुई वर्षको लक्ष्य लिए पनि लक्ष्य पूरा गर्न छट्याइएको बजेट अपुग भएको बताउनुभयो ।

सांसद वासुदेव घिमिरेले नविन सोच र प्रविधिको प्रयोगसहित उद्योग, व्यापार, पर्यटन, कृषि र रोजगारीलाई विशेष प्राथमिकतामा राख्दै मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धतासहितको बजेट आएको बताउनुभयो । “सरकारले राजश्व सुधार र खर्च नियन्त्रणका लागि केही उपाय अवलम्बन गरेको छ तर अझै करको दर घटाइ दायरा बिस्तार गर्न जरुरी छ,” उहाँले भन्नुभयो ।

सांसद किरणकुमार साहले बजेटमा तराईका बाढी प्रभावित क्षेत्रको समाधानका लागि दीर्घकालीन योजना नदेखिएको भन्दै गुनासो जनाउनुभयो । “तटबन्ध निर्माण, पूल निर्माण अधुरै छन्, ती छिटो निर्माण हुनुपर्छ,” उहाँले भन्नुभयो ।

सांसद रामहरि खतिवडाले बिग्रेको अर्थतन्त्रलाई लयमा ल्याएर बजेट प्रस्तुत गर्ने काम भएको बताउनुभयो । “पर्यटनको सम्भावना रहेको क्षेत्र अधिक छन् त्यसलाई व्यवस्थित गरेर लानुपर्छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो