२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ महिनामा ७ लाख ६० हजार भन्दा बढीले लागे श्रम स्वीकृति

४ असार २०८२, बुधबार १२:२९

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा सात लाख ६० हजार ३९१ जना नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । ०८१ साउन १ गतेदेखि ०८२ जेठ मसान्तसम्मको अवधिमा उनीहरूलाई वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रदान गरेको हो ।

०८२ जेठ महिनामा मात्र ७४ हजार ४६७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ११.४० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिनामा ६ लाख ८२ हजार ५६६ जनाले श्रम स्वीकृति लिएका थिए ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा वैदेशिक रोजगारीमा जान ७७ हजार ८२५ जना बढीले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।

विभागको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिना अर्थात् २०८१ साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१, फागुनमा ६८ हजार ९६३, चैतमा ७३ हजार ४०३, २०८२ वैशाखमा ७८ हजार ५० र जेठमा ७४ हजार ४४६ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै, गत आर्थिक वर्ष २०८०/८१ को पहिलो ११ महिना अर्थात २०८० साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३, २०८१ वैशाखमा ७० हजार ६३७ र जेठमा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका थिए ।

चालु आर्थिक वर्षको पहिलो ११ महिनामा औसतमा प्रत्येक महिना ६९ हजार १२६ जनाभन्दा बढीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ । रोजगारी खोज्न विदेश जान चाहनेको संख्या दैनिक औसतमा दुईहजार २८३ जनाभन्दा बढी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता